माल्दिभ्स पुगेर नायिका दिशाले गरिन् बोल्ड फोटोसुट

Facebook Debugger

एजेन्सी । बलिउड नायिका दिशा पटानी होलिडे मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् ।

माल्दिभ्स पछिल्लो समयमा बलिउड कलाकारका लागि होलिडे मनाउने मुख्य गन्तव्य पनि बनिरहेको छ । दिशा र उनका प्रेमी टाइगर श्राफ पनि माल्दिभ्समा छन् ।

माल्दिभ्समा पुगेकी दिशाले सामाजिक सञ्जालमा केही हट तस्वीर शेयर गरेकी छिन्, जसले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।

दिशाले विकिनीमा केही तस्वीर पोष्ट गरेपछि उनको चर्चा र आलोचना दुबै भैरहेको छ । दिशा चलचित्र ‘राधे’को छायांकन सकेपछि होलिडे मनाउन माल्दिभ्स पुगेकी हुन् । उनी अब चलचित्र ‘एक भिलेन २’मा काम गर्ने तयारीमा छिन् ।

बलिउडमा दिशाको चर्चा उनको हट अवतारका कारण हुने गरेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार