पाकिस्तानविरुद्ध वार्नर र मार्सको शतक, बन्यो साझेदारीको रेकर्ड

  सगरमाथा अनलाईन
63 Shares

काठमाडौं । डेभिड वार्नर र मिशेल मार्शमा विश्वकप क्रिकेट अष्ट्रेलियाका लागि नयाँ रेकर्ड बनाएका छन् ।

शुक्रबार बैंग्लुरुमा पाकिस्तानले जस जितेर फिल्डिङ रोज्यो । अष्ट्रेलियाका लागि ओपनिङ गरेका दुबैले पहिलो विकेटका लागि २५९ रनको साझेदारी गरे । यसअघि २०११ मा अष्ट्रेलियाका ब्राड हेडिन र शेन वाट्सनले क्यानडाविरुद्ध १८३ रनको साझेदारी गरेका थिए ।

विश्वकपकै रेकर्ड भने तोडिएन । सन् २०११ मा श्रीलंकाका तिलकरत्ने दिलशान र उपल थरंगाले जिम्बाव्वेविरुद्ध २८२ रनको अ‍ेपनिङ साझेदारी गरेका थिए ।

२५७ सनको साझेदारी गर्ने क्रममा वार्नर र मार्श दुबैले शतक बनाए । पहिलो विकेटका रुपाम आउट भएका मार्स १२१ रन बनाए । वार्नर भने अहिले पनि क्रिजमा छन् र १५० रन कटाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार