शेर्पा संघ बेलायतद्धारा बाढि पिडितलाई आर्थिक सहयोग

Facebook Debugger

काठमाडौं । शेर्पा संघ बेलायतले सिन्धुपाल्चोकस्थित बाह्रविसे नगरपालिका बाढि पिडितलाई आर्थिक सहयोग गरेको छ ।

बाढि पहिरोले घरबार विहिन बनेका बाह्रविसे नगरपालिकाका पिडितहरुलाई २ लाख ३७ हजार ४ सय ६ रुपैयाँ आर्थिक सहयोग गरेको हो । रोजगारीको शिलशिलामा नेपालका विभिन्न जिल्लाबाट बेलायत पुगेका नेपालीहरुबाट आर्थिक सहयोग संकलन गरी बाढि पिडितहरुलाई आर्थिक सहयोग गरिएको शेर्पा संघ बेलायतका अध्यक्ष आङदावा च्यावाशेर्पाले बताए ।

आर्थिक सहयोग रकम नेपाल बौद्ध महासंघको उपाध्यक्षको नेतृत्वमा पिडितहरुलाई वितरण गरिएको पनि अध्यक्ष शेर्पाले बताए ।

यसैबीच शेर्पा संघ बेलायतले पेमा छ्योलिङ गुम्बा निर्माण लागि पनि अर्थिक सहयोग गरेको छ ।

भोजपुर नगरपालिका-९ पानी ट्याङकीमा अवस्थित पेमा छ्योलिङ गुम्बालाई शेर्पा संघ बेलायतले आर्थिक सहयोग गरेको हो ।

गुम्बा व्यवस्थापन समितिको अध्यक्ष आङपासाङ शेर्पाले गुम्बा निर्माणका लागि आर्थिक सहयोग गर्न पत्राचार गरेपछि आर्थिक सहयोग गरिएको अध्यक्ष शेर्पाले बताए । गुम्बा निर्माणका लागि कार्यसमिति बैठकको निर्णय अनुसार भाईबर गु्रपबाट आर्थिक सहयोग गर्न अनुरोध गरी रकम संकलन गरिएको पनि अध्यक्ष शेर्पाले बताए ।

निर्माणाधिन गुम्बालाई शेर्पा संघ बेलायतले ३ लाख ५६ हजार ५ सय ६० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार