चिवाङ गुम्बा १०० वर्ष पूरा, विभिन्न कार्यक्रमको आयोजना

  लाक्पा जी शेर्पा
224 Shares

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा अवस्थित चिवाङ गुम्बा सय बर्ष पूरा भएको छ । सो अवसरमा गुम्बामा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । बज्रगुरु मन्त्रजप, अभिषेक, माणिरिम्डु लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम भइरहेको गुम्बाका प्रमुख लामा ङावाङ सन्फेन शेर्पाले जानकारी दिनुभयो ।

चिवाङ गुम्बा साङ्गे ट्रष्ट, गुम्बा व्यवस्थापन समितिको आयोजनामा भइरहेको कार्यक्रम एक महिनाअघि देखि नै शुरु भएको जनाइएको छ । बज्रगुरु १० करोड मन्त्रजपसँगै बार्षिक रुपमा आयोजना हुँदै आएको माणिरिल्डुप नाच भइरहेको आयोजक मध्येका एक ठिले लामा शेर्पाले जानकारी दिनुभयो । त्यस्तै, ख्याती प्राप्त रिन्चोछेहरुबाट श्रद्धालु भक्तजनहरुका लागि अभिषेक (छेवाङ) समेत प्रदान गरिएको छ । १ बर्ष पूरा भएको अवसरमा गुम्बाले स्मारिकामार्फत प्रमुख लामाहरुको जीवनी समेत प्रकाशन गरेका छन् । पूजा कार्यक्रममा विभिन्न देशका पर्यटकहरुसँगै हजारौं भक्तजनहरु सहभागि रहेको ट्रष्ट सञ्चालक समितिका सदस्य तथा नेता आङकाजी शेर्पा (किसान)ले जानकारी दिनुभयो । शताब्दीको अवसरमा आयोजना भएको कार्यक्रममा अमेरिका, वेलायत, यूरोप लगायत विभिन्न देशका पर्यटकहरु गुम्बामा आइपुगेका छन् । त्यस्तै, प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईसहित प्रशासक, सेना, सशस्त्र, जनपद प्रहरी लगायतका सुरक्षा प्रमुख, जनप्रतिनिधीहरु समेत कार्यक्रममा सहभागि रहेको जनाइएको छ ।

सो अवसरमा गुम्बालाई विभिन्न समय र क्षेत्रमा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्ने, प्रशांस पत्र प्रदान गर्ने लगायतको कार्यक्रम रहेको गुम्बाले जनाइएको छ । दैनिक रुपमा कार्यक्रममा सहभागि सयौंलाई खाना, चिया, वासको समेत गुम्बा परिषरमा नै व्यवस्था गरिएको छ । गुम्बाको बार्षिकोत्सवसँगै यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा समेत कार्यक्रममा महत्वपूर्ण टेवा पुगेको पथ प्रदर्शक तथा समाजवादी पर्यटन श्रमिक संघका नेता सार्की शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार