कोशीमा सरकारबाट बाहिरिने एमालेको तयारी

  सगरमाथा अनलाईन
210 Shares

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारबाट बाहिरिने बताएको छ । मुख्यमन्त्री केदार कार्कीले सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्र र जनता समानवादी पार्टीलाई सरकारमा सहभागि गराएका कारण एमालेले सरकार छाड्ने बताएको हो ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारबाट बाहिरिने बताए । यसको औपचारिक निर्णय भने सोमबार गर्ने उनले बताए । सोमबार प्रदेशसभाको बैठक बस्दैछ । बैठकअघि बस्ने पार्टीको संसदीय दलको बैठकबाट निर्णय गरेर बाहिरिने उनको भनाइ छ ।

२७ असोजमा कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । २८ असोजमा सरकार विस्तार गर्दा उनले एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

आज उनले माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार