पविधन खालिङको ‘खालिङ’ भाषामा देउसी भैलो गीत सार्वजनिक

  सगरमाथा अनलाईन
266 Shares

काठमाडौं । गायक, संगीतकार पविधन खालिङको ‘खालिङ’ भाषाको देउसी भैलो गीत सार्वजनिक भएको छ ।

नेपालीहरुको महान पर्व दिपावलीको अवसर पारेर ‘खालिङ’ भाषाको देउसी भैलो गीत सार्वजनिक गरेका हुन् । देउसी गीतमा खालिङ जातिको पूर्खा माप्य र दिक्प्यको सन्तानहरुको बारेमा पनि वर्णन गरिएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा सुपरिचित नाम पविधन खालिङ पछिल्लो समय अमेरिकामा बस्दै आएका छन् । गायक खालिङ देश बाहिर रहेता पनि समय समयमा उनले नेपाली गीत दर्शक श्रोतामाझ पस्किरहेका छन् ।

खालिङ भाषाको देउसी गीत एकप्रसाद खालिङले लेखेका हुन् । पविधन खालिङ, प्रियंका खालिङ र प्रतिक खालिङले आवाज दिएका छन्, भने कोअर्डिनेटर पूर्ण राई रहेका छन् ।

देउसी गीत सुन्न तलको लिङमा क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार