चेपाङ बस्ति पुगेर मन्त्री किरातीले भने, प्रधानमन्त्रीले तपाँईहरुको अवस्था बुझ्न पठाउनुभयो

  सगरमाथा अनलाईन
182 Shares

चितवन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गित बर्षहरुझै यो पटकपनि फरक ढंगले तिहार मनाएकाछन् । मंगलबार चितवनको इच्छामनकामना १ स्थित सेप्रेनी चेपाङ बस्ति पुगेर चेपाङ जातीहरुसंग यस बर्षको तिहार मनाएकाहुन् । लामो समय देखी नै जनतासंग हरेक चाडपर्व मनाउँदै आएका किरातीले यस बर्ष चेपाङ समुदयसंग तिहार मनाउने सेप्रेनी पुगेकाहुन् । किरातीले २० घर चेपाङ समुदायलाई न्यानो कपडा समेत वितरण गरेकाछन् । न्यानो कपडा वितरण गर्दै मन्त्री किरातीले भने तपाँईहरुले चाड कसरी मनाइरहनुभएको छ तपाँईहरुको अवस्था बुभm्न मलाई प्रधानमन्त्री प्रचण्डले पठाउनुभएको हो ।

मन्त्री किरातीले चेपाङ जातीहरु नेपाली समाजको महत्वपुर्ण समुदय रहेको बताउदै भने एकतिर प्रधामन्त्रीज्यूले मलाई तपाईहरुको अवस्था बुभm्न पठाउनुभयो । यहाँ आएपछि आफ्नै भाई बंश भेट्न आएजस्तै लाग्यो । मुन्धुमका अनुसार । किरातका १० भाई पुर्खाहरुका सन्तान मध्ये सिरप्पाका सन्तानहरु दोलखा चितवन तिरै छुटे बाँकी पूर्वतिर लागेका हामी राई,लिम्बु,सुनार आदि हौँ ।

चेपाङहरु पृथ्वीको पूजा गर्छन् । अन्न लगाउने समयमा । किरातीहरुले पनि उभौलीमा साकेला पूजा भनेर पृथ्वीकै पूजा गर्ने हो । चेपाङ्को संख्या रहला तर संस्कृती र भाषा रहेन भने ठूलो क्षेती हुन्छ संम्बिधानमा सामाजिक आर्थिक,सांस्स्कृतिक बिकासको लागि विशेष संरक्षित स्वयत्त क्षेत्र माथी उठ्नु पर्छ । खानपिन रहसहनलाई पर्यटकको आकार्षक गन्तव्य बनाउनु पर्छ । आशा गरेर बस्ने जाती होइन आर्थिक समृद्ध गर्ने जाती हो यो चेपाङ । संस्कृती ऐन बनाउदा विशेष संरक्षित बिषयको रुपमा व्यबश्था गर्छौं । किरात राईहरुको मुन्दुममा एउटा कथा छ( उहिले सृष्टिकालमा मान्छेको भाइहरु बाघ, भालु र कुकुर थियो । बाघ र भालु जङ्गल पस्यो, कुकुर चाहिँ मान्छेसँगै बस्यो । ९ चे . कुकुर० ९ पाङ्ग . धनुकाँड ० तपाईं चेपाङहरु पनि कुकुर लाई साथमा लिएर धनुकाँड बोकी शिकार खेलिहिँड्ने भएकोले चेपाङ भनिएको हो भन्ने भनाइ रहेछ । किरात राईहरुले पनि कुकुरलाई ९चे० नै भन्छ घरलाई खिम र किम भनेर दुबै मिल्दा रहेछ । किराती र चेपाङको भाषा,संस्कृति र कथाहरु धेरै मिल्दो रछ । त्यै भएर आफ्नै दाजुभाइहरुसँग भेटघाट गरौं भनेर म यसपालि तपाईंहरुसँगै तिहार मनाउन आएको हुँ ।

जनगणना(२०७८ अनुसार गर्ने चेपाङ ९प्रजा०हरुको कुल जनसङ्ख्या ८४,३६४ ०।२९५ छ । ज्यादै लोपोन्मुख जाति हो । देशको नक्साबाट चेपाङको जनसङ्ख्या त कहिल्यै बिलाउने छैन तर मौलिक चेपाङ भाषा र संस्कृति लोप भयो भने चाहिँ नेपालले अपूरणीय क्षति भोग्नुपर्ने छ ।

संम्बिधान अनुसार सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र कायम गर्न सकिनेछू । अब बन्ने सङ्घीय संस्कृति नीतिमा पनि विशेष तथा संरक्षित क्षेत्र भनेर लोपोन्मुख जातिको संस्कृति र भाषा संरक्षण गर्ने व्यवस्था गरिने छ । अल्पसङ्ख्यक लोपोन्मुख जातिको परिचयबाट माथि उठाउनुपर्ने छ । अब चेपाङहरुको भाषा, संस्कृति, रहनसहन र खानपिनलाई नेपालको पर्यटनको आकर्षण बनाउनुपर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार