३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

सोलुखुम्बुका कुमार प्रयास भ्वाईस अफ नेपाल सिजन ५ को फाईनलमा प्रवेश



काठमाडौं । सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका लोखिमका कुमार प्रयास थुलुङ राई द भ्वाईस अफ नेपालको सिजन ५ को फाईनलमा प्रवेश गरेका छन् ।

गायक कुमार प्रयास कोच उदय सोताङको टिमबाट फाईनलमा प्रवेश गर्ने पहिलो प्रतिस्पर्धी भएका हुन् । ब्लाईन्ड अडिसनमा तीन जना कोचको कुर्सी घुमाउन सफल प्रयासले कोच उदयको टिममा गएका थिए । उनले ब्याटल, नकआउटहुँदै लाईभ राउण्डमा प्रवेश गरेका थिए ।

लाईभ राउण्डमा १२ प्रतिस्पर्धी प्रवेश गरेका थिए । टप ११, टप १० गर्दै कुमार टप ८ मा प्रवेश गरेका थिए । पुष १३ गते भएको लाईभ राउण्डबाट उनी एकै पटक फाईनलमा प्रवेश गरेका हुन् । उनले विवेक बस्नेतलाई पछि पार्दै फाईनलमा प्रवेश गरेका हुन् । अब कुमार प्रयासलाई पुष २१ गते शनिबारसम्म भोट गर्नु पर्दैन । पुष २१ गतेको प्रतिस्पर्धा सकिएपछि बाहिरिएको प्रतिस्पर्धीसँगै फाईनल टाईटलको लागि कुमार प्रयासको भोटिङ खुल्नेछ । पुष २८ गते द भ्वाईस अफ नेपाल सिजन ५ को ग्य्रान फिनाली हुनेछ ।

यो पनि हेर्नुहोस

सोलुखुम्बुका कुमार प्रयास ‘द भ्वाइस अफ नेपाल सिजन ५’ मा

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ४ : ५९ बजे