गाउघरको कथामा चलचित्र सगुन ठेकी बन्दै, को को छन कलाकार ?

189 Shares

काठमाडौं । नेपाली फिल्म इष्ड्रष्टिमा दैनिक जसो नयाँ नयाँ फिल्महरु आइरहेका छन । जसमा केहीमा पुरानै अनुहार दोहोरिएका देखिन्छन भने केही फिल्ममा नयाँ अनुहार आउने गरेका छन । जसमध्ये केही फिल्म नयाँ आधुनिक कथामा निर्माण भइरहेका छन भने केही फिल्महरु पुरानो कथालाई जीवन्त बनाइ पुरानो संस्कार र संस्कृतिमा पछ्याइरहेका छन ।

गाउघरको कथाबस्तुलाई समेटेर नयाँ चलचित्र ‘सगुन ठेकी’ नामक नेपाली फिल्म निर्माणको तयारीमा छ । चलचित्र ‘सगुन ठेकी’ फुर्वा लिम्बुले निर्माण गर्न लागेका हुन । चलचित्र ‘सगुन ठेकी’ लाई राइ जेठा रामचन्द्रले निर्देशन गर्ने भएका छन । चलचित्रमा केही पुराना कलाकार र केही नयाँ कलाकार छनौट गरिएको निर्माता फुर्वा लिम्बु बताउछन । राई जेठा रामचन्दको कथा रहेको चलचित्रको पुर्व तयारी भइसकेको २०८१ भदौ १९ गते शुभ मुहुर्त गरिने चलचित्रका निर्देशक राई जेठा रामचन्द्रले बताए । निर्देशकका अनुसार चलचित्रमा अधिकांश कलाकार छनौट भइसकेको र केही कलाकारको फिक्स गर्न बाँकी रहेको बताए ।

चलचित्रमा रामचन्द्र अधिकारी , सुरबिर पन्डीत , डोल्मा शेर्पा , मन कुमारी राई , मुना लिम्बू , बबिना राई , रेबिका राई , प्रकाश राई , निप्सुग्मा राई , उतम राई, सम्झना अर्मनी राई , सबिना तामाङ , लभ्ली तुल्शी , राजकुमारी राई , माधब बिन्दास कार्की , दिपेन तामाङ भाले डन, सुसन राई , चन्द्र शेखर शाही, चन्द्र लुगेलि मगर, टेन्सन ब्रो, भुबन गहतराज, रन्जिता तामाङ, सिम्रन राई, मन कुमार कुमार दर्नाल, जीवन सुर्खेत, सजिना अधिकारी, प्रज्वोल खान लगाएतका कलाकार घोषणा गरिएको छ । चलचित्रमा ४ जना पुराना तथा बरिष्ठ कलाकार भदौमा नै आवद्ध गराउने निर्देशकले बताए ।

चलचित्र पुर्वका १८ वटा जिल्लामा छायाँकन गरिने निर्माण पक्षले जनाएको छ । चलचित्र २०८१ सालको होली पर्वको अवसर पारेर प्रदर्शनमा ल्याइने बताइएको छ । चलचित्रमा राई जेठा को निर्देशन र कथा , वीर मास्टरको दोन्द निर्देशक र सुमन भट्टराईको छायांकन , सुजित श्रेष्ठको नृत्य निर्देशन र सुमन श्रेष्ठको मेकअप रहने छ । चलचित्रमा गायक राजेश पायल राई, बिक्रम राई , मेलिना राई र मिलन नेवार, गायक तथा संगीतकार सन्तोष प्रगाडको स्वरमा गित तयार भै रहेको जानकारी दिएका छन भने चलचित्र निर्माणको सम्पूर्ण ब्यवस्थापकीय जिम्मेवारी सम्झना अर्मनी राईले गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार