बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीले भनेः कानुन विपरीत भए जग्गा फिर्ता गर्छु

  सगरमाथा अनलाईन
609 Shares

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीले प्रहरीसमक्ष बयान दिँदै कानुन विपरीत भए जग्गा फिर्ता गर्ने बताएका छन् ।

सरकारी वकिलको रोहबरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसन्धान अधिकृतहरुले लिएको बयानमा उनले कानुन अनुसार नभएको भए जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका हुन् ।

सीआईबी टोलीले बिहीबार पक्राउ गरेका उनलाई शुक्रबार दिनभर बयान लिइएको थियो । त्यसक्रममा चौधरीले आफूले सबै काम कानुन अनुसार नै गरेको बताएका थिए ।

यदि कानुन विपरीत हो भने आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार पत्रकार सम्मेलन गरेर तीन महिना लामो अनुसन्धानपछि चौधरीले १० रोपनी जग्गा हिनामिना गरेको देखिएको दाबी गरेको थियो । ब्यूरोले संकलन गरेको कागजात र प्रमाणका आधारमा उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको एसएसपी दिनेश आचार्यले बताएका छन् ।

प्रहरीका अनुसार, चौधरी समूहले ०४३ सालयता श्रृंखलाबद्ध रुपमा निर्णयहरु गरेर बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा निजी कम्पनी मातहत ल्याइको भेटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार