६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

थुलुङ दुधकोशीमा ‘जनयुद्ध दिवस’का अवसरमा बिदा



सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले ‘जनयुद्ध दिवस’का अवसरमा फागुन १ गते बिदा दिएको छ ।

माघ २८ गते अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको गाउँपालिकाको बैठकले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवत्ता भोजराज कार्कीले बताए ।

जनयुद्ध दिवसका अवसरमा खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका र कालिकोटको पलाँता गाउँपालिकाले पनि जनयुद्ध दिवसका अवसरमा फागुन १ गते बिदा दिने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  २ : १८ बजे