२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

कांग्रेस महासमिति बैठकमा सोलुखुम्बुका २६ जना सहभागी



काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सोलुखुम्बुबाट २६ जना सहभागी भएका छन् ।

२५ जना महाधिवेशन प्रतिनिधी र एक जिल्ला सभापतिसहित २६ जनाले महासमितिकै हैसियतमा बैठकमा सहभागी भएको सोलुखुम्बु जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाले बताए । सोलुखुम्बुबाट महासमिति बैठकमा भाग लिने सदस्यको संख्या दोब्बरभन्दा बढि छ ।

सोलुखुम्बुबाट महासमिति बैठकमा भाग लिनेमा नाम्गेलजाङ्बु शेर्पा, आङगेलु शेर्पा, आङछिरिङ शेर्पा, कुशराज राई, खिलराज बस्नेत, नविन थापा, नातिकाजी गुरुङ, प्रकाशसिंह कार्की, भोजराज कार्की, मनोज खड्का, मंगलसिं तामाङ, एककुमारी बस्नेत कार्की, गीता गुरुङ, छिण्डील्हमु शेर्पा, रिना उप्रेती केसी, प्रभुराम बस्नेत, पुजा फुयल, जिवन गुरुङ, पासाङ शेर्पा, महेन्द्रद्धीप राई, गान्धीमाया तामाङ, फुर्किमा शेर्पा, विमला गुरुङ, धर्मबहादुर नेपाली, अशोककुमार झा र लोकेन्द्रजंग बस्नेतले आमन्त्रित महासमिति सदस्यको रुपमा बैठकमा भाग लिएका हुन् ।

अन्य २८ निर्वाचन क्षेत्रका पनि सबै महाधिवेशन प्रतिनिधीले आमन्त्रित सदस्यको रुपमा महासमिति बैठकमा भाग लिएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ४ : ०२ बजे