२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

जिल्लामै पहिलो पटक नगरपालिका भित्र सबै कक्षाका प्रश्नपत्रमा एकरूपता



सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रभित्रका सबै बिद्यालयलहरुमा प्रश्न पत्रमा एकरुपता ल्याएको छ ।

जिल्लामै पहिलो पटक कक्षा ४ देखि ९ सम्म सबै विषयका प्रश्नपत्र नगरपालिकाले तयार गरि परीक्षा गरेको हो । ६२ वटा सामुदायिक विद्यालय रहेको नगरपालिकामा कक्षा ४ भन्दा माथि संचालित विद्यालय ५० रहेका छन् ।

नगरपालिकाभित्रका बिद्यालयहरुको शैक्षिक क्रियाकलापहरुमा एकरुपता ल्याउनका लागि शैक्षिक सत्रको सुरुवातमा नै शैक्षिक क्यालेन्डर बनाएर अघि बढेको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताए । ‘नगरपालिका भित्रका सबै विद्यालयमा शैक्षिक स्तर उकास्नका लागि यस्तो प्रक्रिया अपनाएका हौं’ नगर प्रमुख शेर्पाले भने, ‘अबको दिनमा कुन विद्यालयमा कसरी शैक्षिक स्तर उकास्न सकिन्छ भन्ने मापन गर्न सजिलो हुनेछ ।’

नगरपालिकाले यही शैक्षिक सत्रबाट विज्ञ शिक्षकहरूबाट प्रश्नपत्र तयार गरि परीक्षा सुरु गरिएको सोलुदुधकुण्ड नगरपालिका शिक्षा शाखाका सन्तोष राउतले जानकारी दिए । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न यसले थप टेवा पुग्ने उनको भनाइ छ । सोलुदुधकुण्ड नगरपालिकाले नगरभित्रका सामुदायिक बिद्यालयलहरुको हरेक काममा एकरुपता ल्याउनका लागि यस बर्ष शैक्षिक क्यालेन्डर बनाएर कार्यान्वयनमा ल्याईएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ३ : ४७ बजे