प्रदेश सरकार हेरफेरबारे निर्णय लिन माओवादीले बोलायो पदाधिकारी बैठक

  सगरमाथा अनलाईन
28 Shares

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

पदाधिकारी बैठक बुधबार बिहान ८ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्नेछ । पार्टीका कोषाध्यक्ष श्रीराम ढकालका अनुसार उक्त बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचन र प्रदेश सरकार हेरफेरबारे छलफल हुनेछ ।

आगामी वैशाख १५ गते इलाम–२ मा प्रतिनिधि सभा सदस्यका लागि र बझाङ १ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको छ । जसमा धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइली रहेका छन् ।

नेताहरुका अनुसार प्रदेश सरकार हेरफेरबारे सत्ता गठबन्धनमा करिब सहमति जुटेको छ । त्यसका सम्बन्धमा समेत पदाधिकारी बैठकमा छलफल हुनेछ ।

गत फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन छाडेर नेकपा एमालेसहितका दलहरुसँग सत्ता समीकरण गरेको छ । नयाँ समीकरण अनुसार प्रदेश सरकार हेरफेरको कसरतमा गठबन्धनमा रहेका दलहरु छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार