काठमाडौं । गीतकार ममता खालिङ राईले किरातीहरुको उभौलीमा ‘कुल पितृ’ नामक गीतको म्यूजिक भिडियो कोशेली ल्याएका छन् । ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत उभौलीको कोशेली स्वरुप म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा कुल पितृको शक्तिको बारेमा वर्णन गरिएको छ । किरात समुदायमा तीन चुला र कुल पितृलाई विशेष शक्तिको रुपमा पूजा गर्ने चलन छ । कुनै खानेकुरा पितृलाई नचढाई खान हुँदैन भन्ने प्रचलन किराती समुदायमा छ । गीतमा किराती सँस्कृति साकेला नाँचलाई प्रस्तुत गरिएको छ ।
गीतमा किराती भेषभूषाको मात्र होइन, रितीरिवाज र सँस्कृतिको बारेमा पनि उल्लेख गरिएको छ । त्यत्ति मात्र होइन, आफ्नो पनको खोजी पनि गरिएको छ । उधौली र उभौलीमा भेट्ने मात्र होइन, चिण्डोमा वासिम लिएर सृष्टि र पितृलाई चढाउने कुरा गरिएको छ ।
गीतमा विक्रम राईको संगीत रहेको छ । बसन्ती राई, यशोदा खालिङ राई, राजेन्द्र राई र विपन राईले आवाज दिएका छन् ।
देवेश राईको एरेन्ज र मिक्सिङ रहेको छ । चर्चित नृत्य निर्देशक कमल राईद्वारा निर्देशित गीतको भिडियोमा एलिस राई, जिम्बे राई, सुनिता राई र बबिता राईको नृत्य रहेको छ ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।