काठमाडौं । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङ जितेका छन् । अन्य ७ प्रतियोगीमध्ये सबैभन्दा बढि भोट ल्याएर तामाङले भ्वाइस किड्स सिजन ३ को उपाधि जितेका हुन् ।
४ जना कोचका २÷२ जना उपाधिका लागि फिनालेका प्रतिस्पर्धा गरेका थिए । कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलमा पुगेका थिए ।
त्यसैगरी कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ फाइनमा पुगेका थिए, भने कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।
६ देखि १४ वर्ष उमेरसम्मका बालबालिकाले भ्वाइस किड्स सिजन ३ मा भाग लिएका थिए ।
विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरे । जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।