२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

मज्जति पुस्तक सार्वजनिक



काठमाडौं । राधादेवी राईको जीवनीमा आधारित ‘मज्जति’ पुस्तक सार्वजनिक गरिएको छ । जिमी (राई) उत्थान समाज सोलुखुम्बुको २६ औं वार्षिक उत्सवमा उक्त पुस्तक रक्षामन्त्री मानवीर राई, जिमी राई उत्थान समाजका अध्यक्ष यशबहादुर बाहिङ राई, किरात खालिङ संघका अध्यक्ष बलबहादुर खालिङ लगायतले सार्वजनिक गरेका थिए ।

हिमाली जिल्ला सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका क्षेत्रको भौगोलिक विकटता तत्कालिन समयमा जीवन भोगाईदेखि गोठमा कठ्याङग्रीदाको तीतो अनुभव, मालिङ्गो तान्न केम्जेको यात्राको कहाली लाग्दो अनुभव, नाम्चे बजार यात्रासम्मको साहासिक यात्रालाई पुस्तकमा समेटिको छ ।

त्यत्ति मात्र होइन कटारी यात्रादेखि विवाह, कर्मघरको पहिलो भोगाई, पल्टन यात्रा, ब्रुनाई, बेलायत र युरोप यात्राको सुन्दर पक्षलाई कलात्मक रुपमा पुस्तकमा कोरिएका छन् । ‘मज्जति’ पुस्तकमा ४२ भन्दा बढि शीर्षकमा जीवन यात्राको क्रममा भोगेका तीता र मिठा पलहरुलाई सर्लक्कै उतारिएको छ ।

Sagarmatha

पुस्तकमा २५२ पृष्ठ रहेको छ । पुस्तकलाई किशोर राईले लेखन तथा सम्पादन गरेका छन् । जिमी (राई) उत्थान समाज सोलुका केन्द्रीय अध्यक्ष यशबहादु बाहिङ राईले प्रकाशन गरेका छन् । पुस्तकको मूल्य ४०० रुपैयाँ राखिएको छ ।

 

यो पनि हेर्नुहोस्

किरात सभ्यता मानव जीवनकै उत्कृष्ट सभ्यता होः रक्षामन्त्री राई

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ४ : २० बजे