काठमाडौं । जिमी (राई) उत्थान समाज सोलुद्धारा ३ जना व्यक्तिलाई पुरस्कार तथा सम्मान गरिएको छ । समाजको २६ औं वार्षिक उत्सव तथा साधारण सभामा उक्त पुरस्कार प्रदान गरिएको हो ।
जिमी (राई)ले उद्यमी, कलाकृति र पत्रकारितामा पुरस्कार तथा सम्मान गरेको हो । मन लक्की उद्यम पुरस्कार तथा सम्मान उद्यमी पार्वती राईलाई प्रदान गरिएको छ ।
त्यसैगरी कलाकृति तर्फ राजवीर राई स्मृति कला तथा साहित्य पुरस्कार तथा सम्मान शिवबहादुर राई र पत्रकारिता तर्फ सूर्यबहादुर÷असारमाया राई स्मृति पत्रकारिता पुरस्कार तथा सम्मान सोनी राईलाई प्रदान गरिएको छ ।
उद्यमी पार्वती राई थुलुङको स्थायी ठेगाना दुधकोशी गाउँपालिका वडा नंं ७, देउसा रहेको छ । त्यसैगरी शिवहादुर राईको स्थायी ठेगाना माप्य दुधकोशी गाउँपालिका वडा नं. ६ काँकु र सोनी राईको माप्यदुधकोशी वडा नं. ५, काँकु रहेको छ ।
पुरस्कार तथा सम्मान रक्षामन्त्री मानवीर राई र जिमी (राई) उत्थान समाज सोलुका केन्द्रीय अध्यक्ष यशबहादु बाहिङ राईले प्रदान गरेका थिए ।