२३ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

काठमाडौं नागार्जुनमा घर भत्किँदा १ जनाको मृत्यु, ३ जना पुरिए



काठमाडौं । काठमाडौ नागार्जुन नगरपालिकामा घर भत्किँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नागार्जुन नगरपालिका-३ ५५ वर्षीय एक पुरुष छन् । सशस्त्र प्रहरी बलका अनुसार घर भत्किँदा ३ जना पुरिएका छन् । उद्धारका लागि सशस्त्र मुख्यालयबाट एम्बुलेन्ससहितको टोली परिचालन भएको छ ।

हिजोदेखि देशभर परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षती भएको छ । यो समाचार तयार पार्दासम्म देशका विभिन्न स्थानमा ८ जनाको मृत्यु भैसकेको छ, भने, १८ जना बेपत्ता भएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : ५९ बजे