४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

भोजपुरमा बिरामीको चाप बढ्यो



भोजपुर, १९ कात्तिक । दसैँ तिहार सकिएलगत्तै भोजपुरमा विभिन्न किसिमका बिरामीको चाप ह्वात्तै बढेको पाइएको छ ।

नेपालीको महान् चाड दसैँ र तिहारमा खानेकुरामा चिल्लोपदार्थ बढी भएपछि ग्यास्ट्राइटिस, रुघा, निमोनिया, टाइफाइड र ज्वरोका बिरामीको सङ्ख्यामा एक्कासि वृद्धि भएको हो ।

तिहारपछि दैनिक २४ जनाको सङ्ख्यामा बिरामी उपचारका लागि जिल्ला अस्पताल भोजपुरमा आउने गरेको जिल्ला अस्पतालका डाक्टर रमन झाले जानकारी दिनुभयो ।

मौसम परिवर्तन र खानपानको स्तर नमिल्ने भएपछि अस्पतालमा बिरामीको एक्कासि चाप बढेको सिद्धकाली हस्पिटल प्रालिले जनाएको छ । रासस

प्रकाशित मिति : १९ कार्तिक २०७३, शुक्रबार  ५ : २० बजे