४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

राज्य व्यवस्था समितिमा गृहमन्त्रीको जवाफ : अनुसन्धानमा मुख हेरिन्न, तथ्य(प्रमाण हेरिन्छ


१२ कार्तिक २०८१, सोमबार  

0
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधको अनुसन्धानमा काखापाखा नगर्ने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसदहरुले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउलाई लिएर प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री लेखकले भ्रष्टाचार, ठगी वा अरु अपराधजन्य घटनामा सबै आरोपितमाथि अनुसन्धान हुने बताए । ‘कुनै काखापाखा हुन्न । सत्ता पक्ष प्रतिपक्ष हेरिन्न’, उनले भने, ‘मुख हेरिन्न, तथ्य हेरेर गरिन्छ ।’

गृहमन्त्री लेखकले अगाडि भने, ‘प्रमाणले जताजता लान्छ, अनुसन्धान त्यतात्यता जान्छ ।

सरकारले कानुन विपरीत कसैलाई प्रतिशोध साध्ने, दुःख तथा हैरानी दिने काम नगर्ने उनले बताए । गृहमन्त्री लेखकले भने, ‘अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुन्छ । अदालतबाट अनुमति लिनुपर्ने ठाउँमा न्यायालयबाट अनुमाति लिइन्छ ।’

सरकार कानुनभन्दा बाहिर नजाने भन्दै उनले सरकारमाथि विश्वास गर्न समेत आग्रह गरे ।

 

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ९ : ३४ बजे