काठमाडौं । सहिद दिवसको अवरमा राष्ट्रिय जनसाँस्कृतिक महासंघले स्रष्टा सप्ताह कार्यक्रम आयोना गरेको छ । सो कार्यक्रम अनुरुप नेकपा एमाले पार्टी कार्यालय च्यासल प्राङ्गमा जनसाँस्कृतिक महासंघमाआवद्ध घटक सर्जक तथा कलाकर्मीहरुले महान सहिदहरुको सम्झानामा जनकलाकारहरुले गीत, कविता,नाटक प्रस्तुत गरि सहिद दिवस मनाएका हुन् ।
सोही कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले जबजको सौन्दर्यशास्त्रीय विमर्शको लोकार्पण गरेका छन् । उक्त जबजको सौन्दर्यशास्त्रीय विमर्शको सम्पदान जनसाँस्कृतिक महासंघका उपाध्यक्ष आर.सी न्यौपानेले हुन् । सो कार्यक्रम सहिदहरुको सम्झनामा सप्ताह व्यापी गरिने महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले बताए ।







