२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गरौँ :  कांग्रेस नेता सिटौला


१८ माघ २०८१, शुक्रबार  

0
Shares

 काठमाडौं। नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा जाँदा अर्को कुरा गर्ने परिपाटी राम्रो नभएको बताए ।

‘सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त होइन । एउटा कुरा उपयुक्त हो । मैले मेरो कुर्सीमा रहँदा, सरकारको नेतृत्व गर्दा, मेरो मन्त्रालयको नेतृत्व गर्दा मैले जिम्मेवारी पाउँदा, देश र जनताको हितमा कति काम गरेँ, स्पष्टसँग जनतालाई भन्नसक्ने आँकडा, हिसाबकिताब रहनै पर्छ’ उनले भने, ‘तबमात्र हामी जनताको प्रतिनिधि भएर, जनताको सार्वभौम अधिकार जनताको लागि प्रयोग गर्ने अधिकारको सदुपयोग गर्नसक्छौँ ।’

Sagarmatha

उनले कुर्सीमा रहँदा जनता र देशका लागि कति काम गरेँ भन्ने कुराले नै महत्वपूर्ण अर्थ राख्ने बताए । जनतामा जाँदा काम गर्ने संकल्प लिएर जानुपर्ने र केन्द्रिकृत राज्य सञ्चालनको भावना हटाउनुपर्ने पनि उनले बताए । अहिले पनि नेपालको समग्र मानसिकता संघीयता बमोजिम हुन नसकेको उनको भनाइ छ

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १० : ४१ बजे