२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

स्वर्गद्वारी गुठी पीडित मोही किसानको धर्ना


२० माघ २०८१, आइतबार  

0
Shares

काठमाडौं । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा भेला भएर आनदोलन गरेका छन् ।

दाङ देउखुरीबाट यही माघ १८ गते गौशालास्थित पशुपति धर्मशालामा आएर बसेका उनीहरुले आज माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।

उनीहरु गौशाला क्षेत्रबाट रातोपुल, सेतोपुल, बिजुलीबजार हुँदै माइतीघर आइपुगेका हुन् । परम्परागत पोशाकमा सजिएका उनीहरुले ब्यानर, प्लेकार्ड, हलो, कोदालो, ढकिया लगायतका सामग्री बोकेका छन् ।  २०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएको हो । उनीहरुले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन् ।

Sagarmatha

स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरू गर्ने र संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता गर्दै गुठी सम्बन्धी कानुन कानुन निर्माणमा सल्लाह सुझाव दिने सहमति भएको थियो ।

तर सरकारले अहिलेसम्म पनि कानुन निर्माण नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसानहरु भरतराज गिरीको नेतृत्वमा अनिश्चितकालीन धर्ना दिन भन्दै काठमाडौं आएका छन् ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : २४ बजे