२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

तीस लाखको लागतमा कृषि फार्म



म्याग्दी, २३ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–१२ चिप्लेटीमा युवाहरुले ३० लाखको लगानीमा कृषि फार्म स्थापना गरेका छन् ।

चिप्लेटीका सञ्जय कुँवर, पुलाचौरका रेशमबहादुर बानियाँ र कृष्णबहादुर बानियाँले भुलभुले बहुउद्देश्यीय कृषि फार्म स्थापना गरी व्यावसायिक कृषि पेसा अङ्गालेका हुन् ।

माछापालन, अलैँची र कागती खेती गरिने फार्म स्थापना गर्न रु ३० लाख लगानी भएको सञ्जय कुँवरले बताए ।

Sagarmatha

उनीहरु तीनैजना विदेशमा लामो समय रोजगारीका लागि समय बिताएरपछि घर फर्किएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७३, मंगलबार  २ : ४६ बजे