नाम मात्रैको कृषि क्रान्ति ?

Facebook Debugger

नेपाल कृषिप्रधान देश हो भन्ने आम नेपालीहरुमा थाहा भएकै कुरा हो । नेपालमै कृषिमा दरिलो जग बसाउन सक्नु पर्ने हामी सबैको कर्तब्य पनि हो । बाध्यताबस आज कृषि पेशा अगाडी बढन सकिरहेको छैन कारण देशको एक तिहाई जनशक्ति कृषिमा देखा परेका आम समस्या र चुनैतिहरुलाई समायोजन गर्ने नसक्दा बाध्यताबस विदेशिन बाध्य भएका छन ।
Prakash Gaule.पहाडी क्षेत्रमा हेर्ने हो भने आधुनिक कृषिको लागि विभिन्न संघ सस्थाबाट अनुदानमा पर्याप्तमात्रामा योजनाहरु उपलब्ध भएता पनि त्यसलाई ग्रहण गर्ने नसक्दा करोडौ अनुदानको रकम फ्रिज हुने गरेको छ । युवा पिढीहरु आफनो देशमा भएको श्रोत्र साधनलाई परिचालन गर्ने पछाडी परेको कारण पनि कृषिमा क्रान्तीको संभावनामा कमि हुदै गएको देख्न सकिन्छ । मेरो बिचारमा कृषि पेशा अबको समयमा पेन्सन खेतिको रुपमा पनि लिन सकिन्छ । दिगो कृषि प्रणाली अपनाउने हो भने देशमा भएको जनशक्ति विदेशम गएर आफनो श्रम बेच्न किन बाध्य हुनु ? आजका युवाहरुमा कृषी सम्बन्धी जनचेतनाको कमिले भएको साधनलाई सहि ठाउमा परिचालन गनेृ नसक्दा आज देश बदल्न सक्ने युवाको जमात दिनप्रतिदिन बिदेशिन बाध्य भएका छन ।
कृषिमा क्रान्ती गर्नेको लागि समस्या संगसंगै चुनैतिहरु पनि उतिनै रहेका छन । पहाडी दुर्गम क्षेत्रको मूल्याङकन गर्दा पहाडी क्षेत्रमा प्रमुख समस्या भौगोलिक विकटताको छ । भईहालेको उत्पादित वस्तुलाई भरपर्दो र उपयुक्त बजारको समस्या, नयाँ/नयाँ प्रबिधिको प्रयोग गरेर उत्पादन तर्फ अग्रसर नभएर, आवाश्यक ज्ञान सीपको अभाव, परम्परागत खेती प्रणालीमा आधार खडा भएको हुदा उत्पादनमा बिबिधिकरण गर्न नसक्दा, उत्पादित बस्तुहरु उत्पादन स्थलमै सडेर जाने अबस्था भएको कारण आजका युवा पिडिहरु कृषिमा परिवर्तन गर्ने नसक्दा जबरजस्ती विदेशिन बध्य भएका हुन । परिवर्तन गर्ने हो भने आफैबाट सुरुवात गर्ने बानिको बिकास भयो भनेमात्र अबको समयमा कुषिमा क्रान्ती ल्याउनु कुनै समस्या छौन तर बानिको बिकास नगर्ने हो भने परिवर्तन पनि संम्भव छैन ।
हातमा हात मिलाई साथमा साथ मिलाई गाउ स्तरदेखी केन्द्र स्तर सम्मका युवा अगी बढने हो भने कृषिमा परिवर्तन गर्ने सकिन्छ । आफनो श्रमलाई अर्काको देशमा बेचेर भएको आम्दानिले केही समय सम्म त भरथेग गर्ला तर दिगोपना भने पक्कै पनि दिदैन । भएको श्रम आफनै देशभित्र परिचालन गरेर कृषिमा आएका आयमहरुलाई सहि तरिकाले सदुपयोग गर्ने सकियो भने मात्र कृषिमा क्रान्ती भएको मान्न सकिन्छ र आम तमाम युवा वर्गहरुलाई आफनै देशभित्र सदुपयोग गर्ने सकिन्छ ।

पुजी निर्माणमा संभावना बोकेको सोलुखुम्बु पुजी निर्माण भन्ने बिक्तिकै जहा बास्तबिक बचतमा बृद्धि हुन्छ त्यहा पुजी निर्माण प्रक्रिया आफै सुरु हुदै जान्छ । स साना बचत संकलन गरि त्यसलाई निर्देशित क्षेत्रहरतर्फ प्रवाहित गर्दै लैजानका लागि वित्तीय संघ सस्थाहरु बिकास तथा बिस्तार हुदै जानु पर्दछ । यसका साथसाथै संकलित बचतलाई पुजिगत बस्तुहरुको उपयोगमा लगानी गर्दै लान सकियो भने स्वतह पुजी निर्माण प्रक्रिया सुरु हुदै जान्छ । यसै सन्दर्भमा मलाई लाग्छ सोलुखुम्बु पनि पुजी निर्माणमा संभावना बोकेको जिल्ला हो जस्तो लाग्छ । सोलुखुम्बुको कोसी पारिका गाबिस र डाडापारीका गाबिसहरुमा पर्याप्त मात्रामा अलौची उत्पादन गर्ने सकिने गाबिसको रुपमा लिन सकिन्छ भने जडिबुटीको पनि उतिकै संभावना बोकेका गाबिसहरु पर्याप्त मात्रामा रहेका छन । यस्ता गाबिसहरुमा अलौची र जडिबुटीमा लगानी गर्ने हो भने यहा रोजगारिको अबसरहरु सिर्जना हुदै जान्छन । यसरी रोजगारको सिर्जना हुदै जादा स्वतह आम्दानी बढनै जान थाल्दछ । परिणामस्वरुप उपभोगको स्तर बढन जाने स्थिती उत्पन्न हुन थाल्दछ । यसरी रोजगारिको अबसर सिर्जना हुदै गर्दा आम्दानिको स्तर भएको बृद्धिले बास्तबिक बचतमा बृद्धि हुदै जादा पनि पुजी निर्माण हुन सक्दछ । यसरी बास्तबिक बचतमा भएको बृद्धि संगसंगै वित्तीय संघ सस्थाहरुले संकलित बचतलाई लगानीकर्ताहरु समक्ष लौजाने मध्यस्थकर्ताको भुमिका प्रदान गर्ने हुदा पनि पुजी निर्माणमा थप सहयोग मिल्दै जान्छ । सोलुखुम्बु जिल्ला भौगोलिक हिसाबमा विकट जिल्लाको रुपमा लिन सकिन्छ तर पनि पर्यटकिय हिसाबमा अग्रस्थानमानै रहेको पाउन सकिन्छ । वहा करोडौ रोयल्टी बापतको रकम सोलुखुम्बुमा भित्रिदै आएको पनि छ । बास्तवमा माथिल्लो क्षेत्रका शेर्पा समुदायका जातीहरु अध्ययन भन्दा पनि पर्यटन पेशामा लागि पर्दै आईरहेका छन भने पर्यटन पेशाबाट आम्दानि पनि राम्रैसंग गर्दै आईरहेका छन । यसकारण पनि पर्यटन पेशाबाट आयआर्जन भएको आम्दानिलाई बचतमा परिणत गर्ने हो भने पनि दुर्गम सोलुखुम्बुमा दिन प्रतिदिन पुजी निर्माण हुदै जानै र जसबाट उधोगधन्दा कलकारखानाहरुको बिकास हुदा यहाका बासिन्दाहरुको जिवनस्तरमा समेत सुधार हुदै जाने संभावना पर्यापत मात्रामा रहेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार