बलान खोलाबाट दश गाई बरामद

Facebook Debugger

राजविराज, १५ भदौ । प्रहरी चौकी धातीको गस्ती टोलीले मङ्गलबार सप्तरीको टिकुलिया–६ स्थित बलान खोलाबाट १० वटा गाई बरामद गरेको छ ।

नेपालबाट भारततर्फ अवैधरुपमा लगिँदै गरेका दशवटा गाईलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिइएका १० वटा गाईलाई आवश्यक कारबाहीका लागि तिलाठीस्थित भन्सार कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

यस्तै, इलाका प्रहरी कार्यालय रुपनीको टोलीले जिल्लाको रायपुर–८ स्थित रुपनी मोडबाट करिब ४० लिटर बेवारिसे घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।

साथै, इलाका प्रहरी कार्यालय कञ्चपुरबाट खटिएको प्रहरीले कञ्चरुप नगरपालिकामा १०० लिटर मदिरा र २५५ केजी मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरिएको पनि जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार