२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

दुर्घटना एक महिलाको मृत्यु


१२ मंसिर २०७३, आइतबार  

7
Shares

दाङ, १२ मङ्सिर । दाङमा आज सडक दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ ।

दाङ–सुर्खेत सडकखण्डको तुलसीपुर–८ दुधेनामा भएको दुर्घटनामा तुलसीपुर–८ की ३३ वर्षीय भिमा केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पश्चिमबाट तुलसीपुर आउँदै गरेको लु२च ८१७ नंको ट्याक्टर र सोही दिशाबाट आउँदै गरेको रा३प १२६८ नंको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । ट्याक्टरले ठक्कर दिएको हो वा कसरी दुर्घटना भएको भन्ने यकिन हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sagarmatha

टाउकामा गम्भीर चोट लागेकी केसीको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०७३, आइतबार  ११ : २२ बजे