४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

निर्वाचन नभएमा देश सङ्कटमा ः नेता लोहनी


१५ मंसिर २०७३, बुधबार  

0
Shares

पाल्पा, १५ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा अर्थविद् डा प्रकाशचन्द्र लोहनीले तीन तहको निर्वाचन हुन नसकेमा देश सङ्कटमा फस्ने बताउनुभएको छ ।

संविधान कार्यान्वयनका लागि देशमा स्थानीय, प्रदेश र संसदको निर्वाचन गर्नुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, पाल्पाद्वारा आज तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता लोहनीले जनताप्रति स्थानीय निकाय उत्तरदायी बन्नका लागि स्थानीय निकायको निर्वाचनको आवश्यकता रहेको बताउनुभएको हो । उहाँले प्रदेश र संसद निर्वाचन नभएमा देशमा ठूलो सङ्कट उत्पन्न हुनेसमेत औँल्याउनुभयो ।

प्रदेश नम्बर ५ लाई राजनीतिक, आर्थिक र भौगोलिक आधारमा समेत पहाडी जिल्लालाई मधेसबाट अलग गर्न नहुने बताउनुभयो । मधेस र पहाडका जनताले अलग हुने माग नगरेको यो प्रदेश छुटृाउने माग कसको हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

उहाँले पहाडी जिल्लालाई अलग गर्नु राष्ट्र, राष्ट्रिय र जनताको भावना र हितविपरितको काम भएको टिप्पणी गर्नुभयो ।

प्रकाशित मिति : १५ मंसिर २०७३, बुधबार  ५ : ५५ बजे