काठमाडौँ, १६ मङ्सिर । सुरक्षित एवम् सहज आप्रवासनबारे छलफल गर्न दक्षिण एसियाली मुलुकका उच्च अधिकारी राजधानीमा एकत्रित भएका छन् ।
युरोपेली सङ्घ र दक्षिण एसियाली अध्ययन केन्द्रको संयुक्त आयोजनामा शुक्रबार ‘दक्षिण एसियामा सहज एवम् सुरक्षित श्रमिक आप्रवासन’ विषयको क्षेत्रीय सम्मेलन हुँदैछ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङले भारत, बङ्गलादेश र पाकिस्तानस्थित सङ्घका उच्च अधिकारीले सम्मेलनमा भाग लिने र सार्कका सदस्य मुलुकका उच्च अधिकारी पनि त्यसमा सहभागी हुने जानकारी दिनुभयो ।
आप्रवासन विश्वभर चुनातीको विषय बन्दै गएको र नेपालबाट पनि हजारौँ श्रमिक बाहिरिने गरेको सन्दर्भमा सम्मेलन नेपालका निम्ति समेत उपयोगी हुने बताइएको छ ।
१६ मंसिर २०७३, बिहिबार
7
Shares