९ असार २०८२, मंगलबार | Tue Jun 24 2025

धेरै भयो बिहानीमा, घाम आको छैन



गजल

धेरै भयो बिहानीमा, घाम आको छैन
भनेजस्तो जीवनमा, काम पाको छैन

दुःखैदुःख मात्रै खाली, छैन प्रगति छाँट
भनेजस्तो जीन्दगीमा, दाम पाको छैन

सपना अब तुहिने भो, किरासरी भइयो
भनेजस्तो जीन्दगीमा, नाम पाको छैन

रुन्छिन्जस्तो लाग्छ आमा, मेरो कथा सुने
आमालाई चिठी लेख्ने, खाम पाको छैन

प्रकाशित मिति : १६ मंसिर २०७३, बिहिबार  ४ : ४२ बजे