९ असार २०८२, मंगलबार | Tue Jun 24 2025

उपराष्ट्रपति पुन जापानी सम्राटको जन्मोत्सव समारोहमा


१७ मंसिर २०७३, शुक्रबार  

7
Shares

काठमाडौँ, १७ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट अकेहितोको ८३औँ जन्मोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि जापानका राजदूत मासासी ओगावाले आयोजना गर्नुभएको उक्त समारोहमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, सांसद, विभिन्न राजनीतिक दलका नेता, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, समाजसेवी, नेपाल सरकारका उच्च अधिकारीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७३, शुक्रबार  १० : ५४ बजे