४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

हिन्दू राष्ट्र कायम गर्न संशोधनको प्रस्ताव पेस गरिने ः अध्यक्ष थापा


१७ मंसिर २०७३, शुक्रबार  

0
Shares

चितवन, १७ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानमा नेपाल हिन्दू राष्ट्र कायम गर्न संशोधनको प्रस्ताव पेस गरिने बताउनुभएको छ ।

मिडिया नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यससम्बन्धी संशोधन प्रस्ताव पेस गर्नुअघि सबै दलसँग छलफल गरिने बताउनुभयो । उहाँले भन्नुभयो–“हिन्दू राष्ट्रको एजेन्डा पनि पेस होस् भन्ने हाम्रो चाहना थियो तर अहिले हामीसँग छलफल नगरी संशोधन प्रस्ताव पेस भयो ।”

सरकारले पेस गरेको संविधान संशोधनको प्रस्तावमाथि भोलि हुने पार्टीको केन्द्रीय समितिको बैठकले आधिकारिक धारणा तय गर्ने उहाँले बताउनुभयो ।

आउँदो वर्षको माघभित्रमा तीनै तहको निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा पार्टी रहेको भन्दै उहाँले त्यसका लागि सबै दल एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

संसद् अवरुद्ध गरेर सडक तताउनु बुद्धिमता नहुने बताउँदै सडकबाट निकास निस्कन सक्दैन, प्रजातान्त्रिक ढङ्गबाट यसको निकास खोज्नुपर्छ भन्नुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०७३, शुक्रबार  ११ : ३९ बजे