ओखलढुंगा, १७ मंसिर । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको १० औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवारले वर्तमान सरकार संविधान संसोधनका नाममा देशको सार्वभौमिकता समाप्त पार्न लागेको आरोप लगाए । सांसद सुनुवारले प्रचण्ड सरकार भारतको इशारामा बनेकाले भारतकै हितका काम गर्ने भएकाले एमालले सदन र सडकबाट प्रतिवाद गर्ने बताए । सुस्ता र कालापानी हाम्रै हो भनेर अखिलले गरेको आन्दोलनको अर्को संस्करण शुरु गर्ने समय आएकाले सडकमा आउन अखिलका नेता कार्यकर्तालाई उनले आग्रह समेत गरेका छन् ।
संविधान संसोधन राष्ट्रघातः नविना लामा
त्यस्तै अनेरास्ववियुकी अध्यक्ष नविना लामाले प्रचण्ड नेतृत्वको सरकारले ल्याएको संविधान संसोधनको प्रस्ताव राष्ट्रघात भएको बताइन् । अनेरास्ववियु ओखलढुंगाको दशौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लामाले राष्ट्रघात विरुद्ध अनेरास्ववियुले देशव्यापी भण्डाफोर गर्ने पनि बताइन् । उनले प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय हित र स्वाधीनता विरुद्ध काम गरिरहेको लामाको आरोप छ । सरकारले संसोधनका नाममा संविधान कार्यन्वयन नगर्ने षड्यन्त्र गरेकाले त्यस विरुद्ध आन्दोलन शुरु भएको उनको भनाइ छ ।
१७ मंसिर २०७३, शुक्रबार
0
Shares