४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

संविधान संशोधन विधेयक प्रतिगामी–लेखी


१८ मंसिर २०७३, शनिबार  

0
Shares

विराटनगर, १८ मङ्सिर । नागरिक समाज पार्टीका केन्द्रीय संयोजक राजकुमार लेखीले संविधान संशोधनको विधेयक प्रतिगामी रहेको आरोप लगाउनुभएको छ ।

सो पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले थारु, आदिवासी जनजाति, मधेसी, मुस्लिम र दलितसँग छलफल नगरी ल्याइएको र सो विधेयकमा सङ्घीय सीमाङ्कन र राज्यको हरेक तहमा समावेशी प्रतिनिधित्व जस्ता मागलाई नसमेटिएकाले विधेयक प्रतिगामी रहेको विचार व्यक्त गर्नु भयो ।

उहाँले उक्त विधेयकलाई परिमार्जित गरी तराईमा दुई प्रदेश सुनिश्चित गर्नुपर्ने माग गर्नु भयो ।

कैलाली कञ्चनपुरलाई स्वायत्त थरुहट प्रदेशमा र झापा, मोरङ्, सुनसरी र उदयपुर जिल्लाको त्रियुगा क्षेत्रलाई पूर्वको प्रदेशमा जोड्नुपर्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७३, शनिबार  ८ : ४१ बजे