४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

दि एक्सेल्सिएर कप सुरु


१९ मंसिर २०७३, आइतबार  

0
Shares

काठमाडौँ, १९ मङ्सिर । पाँचाँै काठमाडौँ

उपत्यकाव्यापी अन्तरविद्यालय ‘दि एक्सेल्सिएर कप २०७३’ आजदेखि यहाँ सुरु भएको छ ।

स्वयम्भूस्थित एक्सेल्सिएर स्कुलमा सुरु भएको कार्यक्रमको सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गर्दै विद्यार्थीको शारीरिक, मानसिक र चौतर्फी विकासका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो ।

नेपाली फुटबलका पूर्वकप्तान राजु खड्का, स्कुलका प्रबन्ध निर्देशक राम बस्नेत, प्रिन्सिपल शीतल राणा लगायतले प्रतियोगीले सफलताको कामना व्यक्त गर्नुभयो । यही मङ्सिर २६ गतेसम्म चल्ने प्रतियोगितामा २८ विद्यालयका विद्यार्थीको सहभागिता छ । सोअन्तर्गत फाइभ ए साइड फुटबल र सिनियर तथा जुनियर बास्केटबल प्रतियोगिता हुनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०७३, आइतबार  १० : १३ बजे