४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

अपाङ्ग अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको कार्यान्वयनको माग


१९ मंसिर २०७३, आइतबार  

0
Shares

काठमाडौँ, १९ मङ्सिर । सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिलाई अत्याधिक छुटमा स्मार्ट कार्डको व्यवस्था गर्न अधिकारकर्मीले माग गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिको २५औँ अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज र नेपाल अपाङ्गता मानव अधिकार केन्द्रद्वारा यहाँ आज आयोजित ‘अवसरमा विस्तार ः संरक्षणको अधिकार’ विषयक छलफलमा अधिकारकर्मी तथा सरोकारवालाले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपालको संविधानको मौलिक हकमा उल्लेखित प्रावधानअनुरुप नयाँ कानुनको निर्माण, भएका कानुनी व्यवस्थामा परिमार्जनको आवशयकतामा जोड दिनुभयो ।

नेपाल अपाङ्ग महिला सङ्घका अध्यक्ष निर्मला धिताल र नेपाल राष्ट्रिय अपाङ्ग मानव अधिकार संरक्षण मञ्चका महासचिव रमेशबाबु तिवारीले राज्यका हरेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ भन्नुभयो ।

समाजका सभापति गङ्गाधर अधिकारी, नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदीशप्रसाद अधिकारी, राष्ट्रिय अपाङ्ग महासङ्घका उपाध्यक्ष टीका दाहाल, राष्ट्रिय अपाङ्ग महासङ्घका महासचिव राजु बस्नेत र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण सङ्घका अध्यक्ष लक्ष्मी देवकोटालगायतले अपाङ्गताको क्षेत्रसँग सम्बन्धित भएका ऐन कानुनको कार्यान्वयनमा जोड दिनुभयो ।

प्रकाशित मिति : १९ मंसिर २०७३, आइतबार  ११ : ५५ बजे