१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

नेपालको मौलिक शान्ति प्रक्रियाबाट विश्वले सिक्न सक्ने


२१ मंसिर २०७३, मंगलबार  

0
Shares

काठमाडौँ, २१ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि युरोपेली सङ्घले खेलेको भूमिकाका लागि सङ्घलाई धन्यवाद दिनुभएको छ ।

नेपालस्थित सङ्घका राजदूत रिन्चे टिरिङसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उहाँले भूकम्पपछिको पुनःनिर्माण एवम् विकासका क्षेत्रमा गरेको सहयोगको पनि प्रशंसा गर्नुभयो ।
भेटमा राजदूत टिरिङले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको र यसबाट विश्व समुदायले सकारात्मक शिक्षा लिन सक्ने बताउँदै नेपालको संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढ्नेमा सङ्घ विश्वस्त रहेको बताउनुभएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७३, मंगलबार  ६ : ५१ बजे