दियालो बालेर कखरा सिकेँ:दुर्गा रुम्दाली बाहिङ

Facebook Debugger

बुद्धवीर बाहिङ । ठूलो बारीको गह्रामा लामो चित्राको गोठ । जहाँ १६ वटा गाई र भैँसीहरु लस्करै बाँधिएको थियो । गोठको मध्य भागमा चिटिक्क परेको सानो गोठ थियो । त्यसभित्र स–साना पाडापाडी र बाछाबाछी सोत्तरमाथी मस्त सुतिरहेका थिए । बीच भागमा तीन चुला राखिएको, चुलामा दुध भकभक उम्लिरहेको थियो । बेलाबेलामा बुबाले दुधलाई काठको डाडुले चलाएको दृष्य म एकोहोरिएर हेरिरहन्थे । एकातिरको कुनामा बाक्लो सोत्तर ओछ्याइएको थियो । त्यत्ति मात्र होइन सोत्तरमाथि पत्कर र गुन्द्री समेत ओछ्याइएको थियो । गुन्द्रीको माथिल्लो छेउमा खाडिको दौरा सुरुवाल लगाएर म टुसुक्क बसेको थिए । ‘खै ऊ त्यो बटुको थाप त, अलिकति दुध खा’ बुबाले भन्नुभयो । मैले सिलाबरको बटुको थापे बुबाले बटुकोभरी दुध दिदै भन्नुभयो ‘यत्ति दुध जसरी पनि खाईसक्नु पर्छ है बाबु ।’

यो कुरा वि.सं. २०२४ सालतिरको हो । जतिबेला म ५ वर्षको थिए । बुबा र म गोठमा नै सुत्ने गर्थिउ । त्यसबेला गोठमा राम्रो हेरचाह गर्न सकिएन भने रातको समयमा बाघले पाडापाडी र बाछाबाछी माथ्र्यो । त्यसैले हामी बाबुछोराको सुताई प्रायः गोठमै हुन्थ्यो । गोठमा सुत्नुको मज्जा बेग्लै हुन्थ्यो । विहान र बेलुकी दुध र कुराउनी खान पाइन्थ्यो । घरमाभन्दा गोठमा काम थोरै हुने । बाल्यकालको बढ्दो उमेर न थियो । कामै नगरी बस्न र खान पाए धेरै खुशी हुन्थे । ‘जब म ११, १२ वर्षको भएदेखि म एक्लै गोठमा सुत्थे । उहा घरमा बस्न थाल्नु भो ।’ तर समय त्यत्ति सहज र अहिलेको जस्तो थिएन । रातमा उज्यालोको लागि दियालो, बाँसको भाटा र मकैको ढोड बालेर काम गर्नु पथ्र्यो । अहिले त्यो कुरा सुनाउदा दत्य कथा जस्तो लाग्छ । तर सत्य र यथार्थ त्यही थियो ।
Durga 4

वि.सं. २०१९ साल बैशाख ७ गते बिहीवार बिहान ओखलढुंगा जिल्लाको सदरमुकाम नजिक सोबुरु (रोङमार) मा बुबा समरध्वज बाहिङ र आमा हर्करानी बाहिङको कोखबाट पाँचौं सन्तान (अन्तरे) का रुपमा मध्ययम परिवारमा जन्मिएका थिए दुर्गा रुम्दाली बाहिङ । बाहिङको बाल्यकालदेखि किशोरावस्थासम्म सोबुरुमै बित्यो । सानै उमेरदेखि अत्यन्तै लगनशील र क्षमतावान बाहिङ भविष्यमा गएर ठूलो मान्छे बन्ने इच्छा राख्थे । तर समय र परिस्थिति अनुसार मानिस चल्नु पर्ने भएकाले बाहिङले सानै उमेरमा देखेका सपना कति पूरा भए कति बाँकी नै छ ।

बाहिङले प्रारम्भिक शिक्षा गाँउकै होल्पु प्राथमिक विद्मालयबाट शुरु गरेका थिए । कक्षा दुई पढ्दा पढ्दै पारि गाउँका टाठाबाठा गाँउलेहरुले, वारिबाट पारि फोक्सी भन्ने गाँउमा विद्मालय सारे । विद्यालय सारेपछि त्यो विद्यालयको नाम सित्तलपुर प्राथमिक विद्मालय भनेर नाम राखे । नयाँ विद्मालयको भवन निर्माण ढिलो भयो । विद्यालयमा पढ्ने कोठा नै ढिलो बनेका कारणले दुःखका साथ प्राथमिक शिक्षा सकियो । सित्तलपुर प्राविमा कुनैबेला नजिकैको बारीको डिलमा, कुनैबेला खुल्ला चउरमा । पानी पर्दा घरतिर दौड्दै प्राथमिक शिक्षा सकियो । निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयको शिक्षा सगरमाथा जनता माध्यमिक विद्मालयबाट पूरा गरे ।
Cover Photo.
सदरमुकाम नजिकै गाउँ भएकाले मैले सानै उमेरमा विद्यालय जान थाले । जुनबेला मलाई बुबाले विद्यालय भर्ना गरिदिनु भएको थियो । बुबाको आग्रहमा आमाले बालबर्ग भन्ने किताब किनीदिनु भएको थियो । त्यो किताबमा साधारण अग्रेजीदेखि पात्रोमा सिक्नु पर्ने कुराहरु लेखिएका थिए । बाहिङले एस.एल.सी. सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । एस.एल.सी. पछि बेलायती सेनामा जागिरे भए ।

त्यतिखेर हाम्रो गाईभैसीहरु थुप्रै थिए । एउटा दुहुनागाई र भैंसि कहिल्यै टुट्दैन थियो । कुनै समयमा त पाँच वटासम्म दुहुना हुन्थ्यो । सानो, ठुलो गाईभैसिहरु र हलगोरु गरेर १६ वटा वस्तु थिए । सातवटा बाख्रा पनि थिए । त्यसैले बुवा र म जहिले पनि गोठमा सुत्थौं । बेलुकी गोठमा आगो बालेर बुवाले डोरी बाट्दै मलाई पढ्न सिकाउनु हुन्थ्यो । त्यस बेलामा गाँउको मिसन अस्पतालमा पुस्तकालय राखिएको थियो । प्रत्येक शुक्रबार साप्ताहिक रुपमा पुस्तकालय खुल्थ्यो । जब कक्षा एकमा पढ्न शुरु गंरे । त्यहाबाट पढनलाई म किताबहरु ल्यांउथे । त्यो किताबहरुमा मैले नबुझेका कुराहरु बुवालाई सोध्ने गर्थे । उँहाको फुर्शद हुँदा म संगै बसेर पढनु पनि हुन्थ्यो । म बिहान प्रायः ढिलो उठथें । बुबा बिहानै उठेर बाछा, पांडा छाडेर दुध दोई, तताई सकेर मलाई उठाउनु हुन्थ्यो । दुध तताएर मलाइ एउटा सानो सिलाबरको बटुका भरि राखिदिनु हुन्थ्यो । त्यो दुधपिएर म फेरि पढन थाल्थे ।

बुवाले बिहानको गोठको धन्दा सकेर हामि घरतिर जान्थिउ । विद्यालय घरबाट अलि टाढा थियो । म खानाखाएर स्कुल हिंडी हाल्थे । किनकी मलाइ घरबाट जतिसक्दो चाँडो निस्कन मन पथ्र्यो । कारण बाटोमा खेल्दै जान मज्जा लाग्थ्यो । बेलुकी घर फक्र्यो, बहिनीहरुसँग खेल्थ्यांै । बुबासँगै बसेर खाना खायो अनि गोठतिर सुत्न जान्थिउ । उमेर बढदै गएपछि भाइहरु पनि जन्मिए । जसले बुबालाई मात्र होइन मलाई पनि जिम्मेवारी थपिदै गएको महशुस गर्न थाले । बिहान खाना आफै पकाउने, खाने अनि विद्यालय जान्थे । बेलुकी घर फर्किए पछि, पानी लिन जानु पथ्र्यौ । होइने भने डालेघाँस झार्न जानु पथ्र्यो । विद्यालय जानु अघि र घर आइसकेपछि केहि न केहि एउटा काम गर्नै पथ्र्यो ।

पानीको कुवा घरबाट टाढा थियो । त्यसैले पानी लिनको लागि भाई बहिनीहरुभन्दा प्रायः म नै जाने गर्थे । भाई बहिनीहरु सानै थिए । विद्यालय जाने आउने । घरको काम आपूmले सकेको जत्ति गर्ने । गोठमा दिनभर बाँधिएका पाडापाडी र बाछाबाच्छिहरुलाई बेलुकी पख पानी दिने नियमित कामसँगै मेरो बाल्यकाल बित्यो ।
Durga 3

बाल्यकाल पार गरेपछि म मा झन जिम्मेवारी र दायित्व थपिएको थप महशुस गरे । बाल्यकालमा घरको जुन काम गरेको थिए । त्यसैलाई थप व्यवस्थित र मजबुत रुपमा काम गर्न थाले । जसले परिवारलाई केहि टेवा पुगेको आभास समेत गरे । जुनबेला मलाई साँच्चै सन्तुष्टि मिलेको थियो । दिनप्रतिदिन परिवारका सदस्यहरुको हरेक कुरामा माग बढ्न थाल्यो । बुबा र आमाले मात्र त्यो मागलाई धान्न सक्ने अवस्था रहेन । म परिवारको बुबाआमापछिको जेठो सदस्य भएको नाताले दिनदिनै बढ्दै गरेको परिवारको मागलाई सकेको जत्ति सहयोग गर्ने जिम्मेवारी बोध भयो । जुन समयमा म किशोरावस्था पूरा गरेर युवा अवस्थामा पाइला टेक्दै थिए ।

बढ्दै गरेको परिवारको मागलाई केहि सहज बनाउनको लागि मैले जागिर खाने निर्णय गरे । त्यत्ति राम्रोसँग पढ्न पाइएन । मैले एस.एल.सी. सम्म मात्र औपचारिक रुपमा पढ्ने सुनौलो अवसर पाए । त्यसैले मैले बेलायती सेना (ब्रिटिस आर्मी) मा जागिर खाने निधो गरे । नेपाली उखानमा भने जस्तै ‘त चिता म पु¥याईदिन्छु’ भने भैm म बेलायती सेनामा वि.सं. २०३८ सालमा जागिरे भए । सेनाको जागिर भनेको भौतिक र मानसिक रुपमा कष्टदायक जागिर हो । परिवारदेखि सातसमुन्द्र पारि, विदेशि भूमीको डाँडाकाँढाहरुमा हप्तौँ, महिनौ घनघोर जङ्गलभित्र जस्तोसुकै मौसमको बाबजुद पनि न दिन न रात, खटिनु पर्दा तिनै कष्टदायक कामले मलाई केहि लेख्ने, कोर्ने प्रेरणा मिल्यो । बेलायती सेनामा वि.सं. २०५१ सालसम्म १३ वर्ष काम गरेपछि अवकास लिए ।

जागिरको शिलशिलामा विश्वको विभिन्न देश घुम्ने सुनौलो अवसर पाए । अनि मलाई घुम्न मन लागेका र जीवनमा घुम्नै पर्ने अन्य देशहरु जागिर अवकाश लिएपछि पनि घुमे । मैले हङकङ, दक्षिण कोरिया, ब्रुनाई, मलेसिया, न्यूजील्याण्ड, शिङ्गापुर, संयुक्तराज्य अमेरिकाको सियाटल, न्युयोर्क र क्यानडा जस्ता विकसित र जीवनमा पुग्नै पर्ने देशको भ्रमण गरे ।

विदेशी भूमिलाई कर्मथलो बनाएर बस्दा देशको माया असाध्य नै लाग्दो रहेछ । देशको माया कस्तो हुँदो रहेछ भनेर त ४५ डिग्रीभन्दा बढि तापक्रममा खाडि मूलुकमा काम गर्ने नेपाली कामदारहरुलाई राम्ररी थाहा छ । सेनाको जागिर जुनसुकै बेला लडाईको लागि तयारी अवस्थामा बस्नु पर्ने । झनै नेपाली चाडबाड आउँदा त यत्ति नरमाइलो हुन्छ की त्यसको कुनै बयान गरेर शब्दमा भन्न सकिदैन । जुनबेलाको सम्झना मानिसको मानसपटमा कहिल्यै नमेटिने गरी बस्छ ।
Matoko Yadama

विदेशी भूमिमा काम गर्दा देश, गाउँ र आफन्तहरुको याद हरेक क्षण हरेक पल आँखा अगाडि झलझली आइरहन्छ । त्यो अजम्बरी माया र क्षणलाई विर्सने कोशिस स्वरुप मैले ‘माटोको यादमा’ कविता संग्रह विदेशी भूमिमै बसेर लेखे । जुन कविता संग्रहभित्र लेखिएका कविताका गद्य र पद्यले विदेशी भूमिमा काम गर्दा मातृभूमि र आमाको कति माया लाग्दो रहेछ भन्ने भाव उजागर गरेको छ । झनै विवाह पछि बाहिङको जीवन साथी सुशिलाले साहित्यमा कलम चलाउन प्रोत्साहन गरेकाले थप सिर्जना गर्न हौसला मिलेको छ ।

त्यसैगरी विदेशी भूमिमै कर्म गरेर बसिरहँदा आपूm जन्मेको कुललाई पनि दुर्गा रुम्दाली बाहिङले धेरै सम्झिए । चाहे जेठ महिनाको पूर्णिमाको बेला बाली लगाउने बेला राम्रो होस, लगाएको बाली सप्रियोस भनेर भूमे पुजा गरेको क्षण होस, वा साउन महिनाको अन्तिम हप्तातिर नयाँबाली मकैको पूजा गरेर न्वागी गरेको पल । अथवा मंसिर वा पुष महिनाको पूर्णिमादेखि थालिने बाहिङ जातिको पितृकार्य नै किन नहोस । समय र परिस्थिति अनुसार गरिने बाहिङ जातिको जीवित सँस्कृतिले विदेशी भूमिमा तानीरह्यो । त्यसैको प्यासलाई मेटनको लागि बाहिङले बाहिङ भाषामा ‘अम्बीरी’ कविता संग्रह विदेशि भूमिमै बसेर लेख्न भ्याए । ‘अम्बीरी’ कविता संग्रहमा भएका सबै कविताहरु बाहिङ भाषामा लेखिएको छ । ‘अम्बीरी’ को नेपाली अर्थ सुनाखरी हो । सुनाखरी बाहिङहरुले पितृकार्य गर्दा सुनाखरीबाट बनाइएका विभिन्न किसिमका लुगाहरु लगाउने गरिन्छ । त्यसैले बाहिङ जातिको लागि सुनाखरीसँग साँस्कृतिक महत्व जोडिएको छ ।

बाहिङलाई भविष्यमा साहित्यमा नै लाग्छु भन्ने लागेको थिएनन्, र कहिल्यै सोचेका पनि थिएनन् । तर विदेशी भूमिमा काम गर्दा देशको मायाले भरिएको मनभित्रबाट देशको लागि केहि अमूल्य शब्द मरुभूमिरुपी कागजमा कालो मसिले सिलसिलेवार रुपमा लेख । बाहिङले कबिताहरु विद्यालय स्तरदेखि नै फाटपुट लेख्ने गर्थे । तथापि त्यो समयमा अहिलेको जस्तो छाप्ने माध्यमहरु थिएन । झनै त्यो समयको ओखलढुंगा जिल्लालाई भौगोलिक विकटताले ढपक्कै ढाकेको थियो । जिल्ला सदरमुकाममा समेत खासै सुविधाहरु केहि थिएन । झनै गाँउघरको त के कुरा !

मानिस जन्मने बित्तिकै संघर्ष शुरु हुन्छ । बाहिङले पनि जीवनको शुरु, मध्य र उत्तरार्धको संघर्ष गरिरहेका छन् । उनले जीवनको मध्यान्तरका बेला बेलायती सेनामा जागिरे हँुदा ब्रुनाईको जङ्गलमा एउटा सिपाहीदेखी पद्धोन्तीको लागि तालिम गर्दा ३, ४ रात नसुतेको, अन्तिम् रातमा, रातभरि मुसलधारे पानी परेको थियो । त्यस्तो अवस्थामा समेत सेना भएपछि तैनाथ बस्नु पर्ने । जुन बेला बाहिङले व्गलष्यच भिबमभच अयगचक ९व्ीऋ० तालिम लिइरहेका थिए । त्यो मुसलधारे पानी परिरहेको थियो । तालिमको थकाई पनि उत्तिकै थियो । त्यत्ति मात्र होइन रातभर जाग्राम बस्नु परेकाले त्यत्रो मुसलधारे पानी पर्दा समेत निन्द्राले आँखाका परेलाहरु एक आपसमा मिलन गराउन खोजिरहेको थियो । मुसलधारे पानीसँगै आएको भलबाढीले शरिरमाथि जबरजस्ती राज गरिरहेको थाहा पाउदा पाउदै पनि निन्द्राले लाचार भएर मुढासरि त्यही भलबाढीमाथि सुतियो । सायद त्यो घटनालाई म चाहेर पनि कहिल्यै बिर्सन सकिन ।

मानिसको जीवन जीउने क्रममा सुख र दुःख समय र परिस्थिति अनुसार फरक फरक किसिमले आइरहन्छन् । अर्को दुःख मेरो जीवनमा आइप¥यो, मेरी आमाको निधनको खबर सुन्दा । जुन घटनालाई पनि म चाहेर पनि बिर्सन सक्दिन । हुन त एकपटक यस्तो खालको दुखको क्षण धरतीका हरेक चेतनाशिल प्राणिलाई आईपर्छ । जब म विदेशबसाइ कै क्रममा म अमेरिकामा थिए । वि. सं २०५८ सालमा नेपालबाट एक्कासी आमाको निधनको खबर पाँए । त्यो अप्रत्यसित खबरले म केहि समय बोल्न सकिन । तथापी आमाले यति चाडै हामिलाई छोडेर जानुहुन्छ भनेर मैले कहिल्यै सोचेकै थिइन । आमाको त्यस्तो खबर सुनेपछि म नेपाल आउन चाहान्थे तर तत्कालिन समयमा माओबादी जनयुद्धले देशको स्थिति जरजर र कहालीलाग्दो बनाएको थियो । जुन बेलामा मैले गाउँ जाने कुरा गर्दै थिए, तर गाउँबाट त जे जे गर्नुपर्छ, हामि गर्छौ नआउनु उतै बस्नु भने । बिदेशबाट आएकालाई माओबादीले खोजी खोजी लान्छ भन्छन् भनेर खबर सुनाए । अर्को कुरा अमेरिका छाडी हाले आधिकारिक रुपमा बसिएको छैन । यदि छाडिहाले कामको लागिफेरि फकर्ने विकल्प ममा थिएन । तैपनि आमाको कामभन्दा अमेरिका ठूलो थिएन । त्यत्तिबेला मलाई मानसिक रुपमा अति पिडित थिए ।
Ambiri

‘मानव जीवनमा सुख र दुःख त निरन्तर चलिरहने प्रक्रिया हो । यी दुई कुराले जीन्दगी बाँच्नु छुट्टै मज्जा आउँछ’ बाहिङले भने । हामि सबैले यस्ता निरन्तर चलिरहने प्रक्रिया दिनप्रतिदिन भोगिरहेकै हुन्छौं । तर पनि जस्तोसुकै समय र परिस्थितिसँग मुकाविला गर्न सक्नु नै चेतनशील प्राणिको विशेषता हो ।

मेरो परिवारको सदस्यहरुको माग बढ्दै जाँदा घरको तत्कालिन अवस्थाले थाम्न नसकेर बुबाले साहूसंग ऋण लिनु भएको थियो । तर बुबाले लिएको त्यो ऋण तिर्न भने सक्नु भएन । साहूबाट लिएको ऋणको साँउको ब्याज, ब्याजको स्याज गरेर जोड्दा जग्गाको धनीपूर्जा नै धितो राख्नु भएको थियो । बेलायती सेनामा जागिर खाएर मेरो बुबाले लिनु भएको ऋण तिरेर धितो राखिएको जग्गाको धनीपूर्जा साहूको पञ्जाबाट फुत्काएको दिनलाई नै सबैभन्दा सुखको दिन महसुस गरेको थिए । त्यो दिन मलाई जीन्दगीमा सबैभन्दा गह्रौं भारी बिसाएको आभाष भएको थियो ।

साभार:चाम्फुरी मासिक 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार