सुकुम्वासीलाई उचित व्यवस्थापन गर्न आग्रह

0 Shares

गोरखा, १६ भदौ । गोरखाको पालुङटार नगरपालिकास्थित च्याङ्ली खोलाघाट बस्ती, ल्हो गाविस तथा गोरखा नगरपालिकाको शक्तिचोकदेखि गोरखा क्याम्पस जानेबाटो आसपासका सुकुम्वासीलाई सरकारले जग्गा उपलब्ध गराएर जग्गाधनी पुर्जा दिनुपर्ने नेकपा (क्रान्तिकारी माओवादी), गोरखाले माग गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई बुधबार ज्ञापनपत्र बुझाउँदै माओवादीले सुकम्वासीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने, रोजगारीको व्यवस्था मिलाउनुपर्ने, सुकुम्वासीका बच्चालाई निःशुल्क शिक्षा दिनुपर्ने, औषधि तथा उपचारमा छुटको व्यवस्था गर्नुपर्ने र परिचयपत्रको व्यवस्था गर्न सरकारसमक्ष माग गरेको हो ।

माओवादी जिल्ला कार्यालय सदस्य कृष्ण कट्टेलले सप्रजिअ शर्मालाई दशबुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार