८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

संविधान संशोधनको प्रस्ताव नपूर्ण ः अध्यक्ष यादव


२ पुस २०७३, शनिबार  

7
Shares

चन्द्रौटा (कपिलवस्तु, २ पुस । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘प्रचण्ड’ सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव पूर्ण नभएको बताउनुभएको छ ।

कपिलवस्तुको पकडीमा आज आयोजित कार्यकर्ता भेलामा अध्यक्ष यादवले संविधान संशोधनको प्रस्तावले मधेसी, मुस्लिम, थारु, अदिवासी जनजातिको अधिकार प्राप्त नहुने विचार राख्नु भयो ।
समाजवादी फोरमका केन्द्रीय सदस्य सहासराम यादवले एउटा समुदाय विरुद्ध अर्कोलाई लडाएर सामाजिक सद्भाव बिथोल्ने र परिवर्तन विरुद्ध उभिएकोे एमालेको गतिविधि अत्यन्तै आपत्तिजनक र विखण्डनकारी छ भन्नु भयो ।

प्रकाशित मिति : २ पुस २०७३, शनिबार  ७ : ५१ बजे