उदयपुरको पहाडी गाविसमा यातायात सेवा संचालन

0 Shares

jip ma yatraउदयपुर १६ भदौ । उदयपुरको पहाडी गाविसहरुमा मोटरबाटो निर्माण भएसगै सार्वजनिक यातायात संचालनमा भएको छ । ग्रामिण भेगमा सडकबाटो पुगेसंगै हिउँदको समयमा वुलेरो जिप संचान गरिएको हो । बाँस्बोटे गाविसदेखि भालेबास टाट्नेसम्म जिप संचालनमा आएपछि स्थानीयलाई यातायातको सुविधा पुगेको छ । बाँस्बोटेका यातायात व्यवसायी सुरेन्द्र राईले पहिलो पटक जिप संचालनमा ल्याएका हुन ।
जिप संचालन गरिएपछि बाँस्बोटे, बाराहा, ताम्लीछा, बलम्ता, लाफा गाँउ, जाते, ईनामे नागी, माझखर्क तथा भालेबासका आम नागरीकले सुविधा पाउने सुरेन्द्र राईले वताए । दैनिक रुपमा जिपले बाँस्बोटे देखि भालेबासको टाट्ने सम्म सेवा दिन सुरु गर्दै आएको छ ।
बाँस्बोटेबाट विहान ७ वजे जिप छुट्ने र भालेबास टाट्ने देखि दिउँसो २ वजे जिप छुट्ने समय तालिका रहेको राईले जानकारी दिए । जिप संचलमा आए संगै आम नागरीकहरु खुशी भएका छन् । लामो समय सम्म हिड्नु पर्नेबाटोमा जिप मार्फत यात्रा गर्दा निकै सहज भएको यात्रुहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार