ब्राजिलमा नयाँ राष्ट्रपति निर्वाचित

0 Shares

बार्सिलिया, १६ भदौ । ब्राजिलको संसद सिनेटले अन्तरिम राष्ट्रपति पदमा कार्यरत माइकल टेमरलाई राष्ट्रपति पदमा निर्वाचित गरेको छ ।

पूर्वराष्ट्रपति डिल्मा रुसेफलाई भ्रष्टाचारजन्य महाभियोग लागी निलम्बित भएपछि टेमरले कार्यवाहक राष्ट्रपतिको रुपमा काम सम्हाल्दै आउनुभएको थियो ।

निलम्बित पूर्व राष्ट्रपति डिल्मा रुसेफको सट्टामा गत मे महिनादेखि राष्ट्रपति पद सम्हाल्दै आउनुभएका माइकल टेमरको पूर्णकार्यकाल अब सन् २०१८ को अन्त्यसम्म रहने छ ।
नयाँ राष्ट्रपतिको निर्वाचन सँगसँगै निवर्तमान राष्ट्रपति डिल्मा रुसेफ संसदबाट औपचारिक रुपमा नै बाहिरिनु भएको छ ।

गत मे १२ मा कार्यवाहक राष्ट्रपति नियुक्त पाएदेखि टेमरले राष्ट्रिय महत्वका कुनै पनि परिवर्तनकारी निर्णय गर्नुभएको थिएन ।

यद्यपी डिल्मा रुसेफले देशको अर्थतन्त्रमा तहसनहस पारेर छोडेको भनिएको अवस्थाउपर उहाँको यस कार्यकालमा तीनवटा सुधारका कार्यक्रम लागू गरिएको दाबी छ ।

पहिलो, मुलुकको बढ्दो मुद्रा स्फिति नियन्त्रण गर्न एक बलिष्ठ अर्थविज्ञ समूहको गठन, दोस्रो मुलुकभित्र वैदेशिक लगानी भित्र्याउन गरिएको प्रयास र तेस्रोमा कर उठाउने तथा श्रम क्षेत्रमा गरिएको सुधारका प्रयासहरु व्यवस्थापन पर्दछन् ।

राजनीतिज्ञ तथा सचेत ब्राजिलियाली जनतामाझ लोकप्रियता आजन गर्न नसकेकता पनि टेमरले सबै राजनीतिक दलहरुसँग सङ्घीय र राज्यस्तरमा समन्वय सदभाव कायम राख्न गरिएको प्रयास प्रशंसनिय मानिएको छ ।

सन् १९२० मा आप्रवासीको रुपमा टेमरका परिवार लेवनानबाट ब्राजिलमा बसाईसरी आएका थिए ।
टेमर साओ पाउलो राज्यको टिटेमा सन् १९४०, २३ सेप्टेब्बर जन्मनुभएको थियो ।
आठ भाई छोरामध्ये उहाँ सबभन्दा कान्छो हुनुहुन्छ । उहाँ कट्टर क्रिश्चियनको रुमपा परिचित हुनुहुन्छ ।

उहाँलाई सान पाब्लोस्थित फोन्टिफिकल क्याथोलिक युनिभर्सिटीले कानुन विधामा डाक्टरी उपाधि प्रदान गरको छ । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार