काठमाडौं, १९ पुस । उपत्यकामा गुड्ने मिटर ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर जडान) सुरु गरेको दुई दिनमा १५ वटा ट्याक्सीले मात्र प्रणाली जडान गरेका छन्। पुस १७ देखि २३ गते बा.२ज ३००० देखि बा.२ज ३२०० सम्मका दुई सयवटा ट्याक्सीलाई बिलिङ प्रणाली जडान गर्ने समय तोकिएको छ। उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले आइतबारदेखि प्रिन्टर जडान सुरु गरेको हो। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘आइतबार तीन र सोमबार १२ वटा गरी जम्मा १५ वटा ट्याक्सीले बिलिङ प्रणाली जडान गरेका छन्,’ नेपाल गुणस्तर तथा नापतौल विभाग ट्याक्सी टेम्पो इकाइका प्रमुख विकास ध्वजूले भने। आगामी दिनमा प्रणाली जडान गर्ने ट्याक्सीको संख्यामा वृद्धि हुने उनको भनाइ छ।यसअघि सरकारले कम्प्युटर बिलिङ प्रणाली थाल्नुअघि नै २२ वटा ट्याक्सीले प्रणाली जडान गरिसकेका थिए। अहिलेसम्म कुल ३७ वटा ट्याक्सीमा बिलिङ प्रणाली जडान भएको छ। ट्याक्सी चढ्दा उपभोक्तालाई ठगिनबाट बचाउन र ट्याक्सी सञ्चालनलाई विश्वसनीय बनाउन सरकारले आइतबारदेखि कम्प्युटर बिलिङ प्रणाली जडान गर्न सुरु गरेको हो।
१९ पुस २०७३, मंगलबार
0
Shares







