नेपाल टेलिकमको ‘फेस्टिवल अफर’

0 Shares

 

 

काठमाडौँ, १६ भदौ । नेपाल टेलिकमले ‘फेस्टिवल अफर’का रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभरात्रि प्याकेज ल्याउने भएको छ ।

यही भदौ १८ गतेदेखि आगामी असोज १ गतेसम्म लागू हुने अफर राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

उपभोक्ताले रु ४० मा पाँच सय एमबी सात दिनका लागि र रु ८५ मा एक हजार दुई सय एमबी १५ दिनका लागि प्रयोग गर्न सक्नेछन् । पाँच एमबी डाटा लिन स्पेसियल५००एमबी(अङ्ग्रेजीमा) र एक हजार दुई सय एमबी डाटा लिन स्पेसियल१२००एमबी(अङ्ग्रेजीमा) लेखेर १४१५ मा एसएमएस पठाउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार