सोलुको बरडाँडा र बुढीडाँडामा टेलिकमको थ्रीजी टावर राखिने

सोलुखुम्बु । नेपाल टेलिकमले सोलुखुम्बु नेचाको बरडाँडा र देउसाको बुढीडाँडामा उच्च क्षमताको नयाँ थ्रीजी टावर निर्माण गर्ने भएको छ । थप टावरको सर्भे महाकुलुङमा पनि हुने बताएको छ । गत माघ १० गते सोलुखुम्बु प्रतिनिधी सभाका सदस्य सांसद हेमकुमार राई सहित प्रदेश सांसद बुद्विकुमार राजभण्डारी, नेकपाका नेता भद्रगोल किराँती लगायतले बबरमहलस्थित नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयमा पुगि सोलुखुम्बुको ल्य...

नेता कार्कीले दिए सोलुका ३९ विद्यालयलाई ल्यापटप

सोलुखुम्बु । नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्कीले सोलुखुम्बुका चार गाउँपालिकाका ३९ वटा विद्यालयलाई ल्यापटप दिएका छन् । लायन्स क्लब काठमाण्डौँ र नेता तथा उद्योग व्यवसायी कार्कीको संयुक्त लगानीमा ३९ विद्यालयलाई ल्यापटप दिएका हुन् । जिल्लाको नेचासल्यान गाउँपालिका, सोताङ गाउँपालिका, माप्यादुधकोशी र महाकुलुङ गाउँपालिकाभित्रका ३९ वटा विद्यालयलाई डेल कम्पनीको ल्यापटप वितरण गरिएको नेपाल विद्यार्थी ...

दार्चुलाका विद्यार्थीले ड्रोन उडाए

दार्चुला । महाकाली नगरपालिका–५ घर भएका १६ वर्षका युवक मनिष जोशी महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् । सानैदेखि विज्ञान र अनुसन्धानमा सोखिन जोशीले विज्ञानमा नयाँ–नयाँ प्रयोग गर्दै आएकाले अहिले चर्चामा छन् । विज्ञान विषयअन्तर्गत उनले बम डिस्पोजलको सफल परीक्षणपछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छन् । आफ्नै विद्यालयमा भएको शैक्षिक सामग्री प्रदर्शनी एवं प्र...

नासाको अन्तरिक्ष यान मङ्गलग्रहमा अवतरण, वैज्ञानिकहरुमा खुशीयाली

लस एन्जलस । अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी...

बाल्मिकी एजुकेसन फाउण्डेशन बिर्तामोडका विद्यार्थीले बनाए रोबोट

भद्रपुर । झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ । सो प्रदर्शनीमा विद्यार्थीले सेन्सर कार र ड्रोन प्रयोग गरेर देखाएका थिए । कक्षा १० का अनिस दाहालले साथ...

कम्युटर सिकाउने शिक्षक नहुँदा थन्किए

बर्दिवास । महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित सीतापुर माध्यमिक विद्यालय सिद्धपुरमा शिक्षकको अभावमा लाखौं मूल्यका कम्प्युटर थन्किएका छन् । विद्यालय आफैले किनेका र जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षक नहुँदा थन्किएका हुन् । कम्प्युटर देखेर विद्यार्थी सिक्न उत्सुक रहे पनि शिक्षक नहुँदा निराश बनेका प्रधानाध्यापक श्रीराम यादवले बताए । उपल्लो तहबाट शिक्षक नपठाउने र स्थानीयतह...