प्रदेशमा विद्रोह भए केन्द्रीय फौज जाने

काठमाडौं । सरकारले कुनै पनि प्रदेश वा जिल्लामा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह, पृथकतावादी र आतंकवादी गतिविधिका कारण देशको आन्तरिक सुरक्षामा गम्भीर संकट उत्पन्न भए केन्द्रीय फौजले नै नियन्त्रण गर्न सक्ने व्यवस्थासहित नयाँ कानुन बनाउन लागेको छ । केन्द्रीय गृह मन्त्रालयले संघीय शासन व्यवस्थाअनुकूल हुने गरी मुलुकको समग्र शान्ति–सुरक्षा तथा सुव्यवस्था कायम राख्ने उद्देश्यले तयार पारेको नयाँ आन्तरिक स...

बाहिरी जिल्लाका मानिसलाई केरुङ जान रोक

रसुवा । बाहिरी जिल्लाबाट बसाइँ सरिआएका व्यक्तिलाई चीनको केरुङ जान रोक लगाउने यहाँका जनप्रतिनिधिले निर्णय गरेका छन् । प्रदेशसभा ३ नं अन्तर्गत रसुवाको ‘ख’ क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद प्रेमबहादुर तमाङका अनुसार बाहिरी जिल्लादेखि बसाइँ सरी अध्यागमन कार्यालयबाट नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाले पाउने परिचयपत्र प्राप्त गरी केरुङबाट गैरकानुनी सामान आयात गर्न थालेका कारण यस्ता कार्य रोकी रसुवाको...

केन्द्रीय सरकारविरुद्ध अनशन बस्ने मुख्यमन्त्रीको चेतावनी

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबावु राउतले केन्द्रीय सरकारको असहयोगका विरुद्धमा अनशन बस्ने चेतावनी दिएका छन् । प्रदेश सरकारको काममा केन्द्रीय सरकारले अवरोध गरिरहेको भन्दै उनले आन्दोलन गर्न बाध्य हुने बताए । मुलुक संघीयतामा गए पनि केन्द्र सरकारको सोच र शैलीमा पुरानै रहेको मुख्यमन्त्री राउतले गुनासो गरेका छन् । केन्द्रीय सरकार मातहत रहेको कर्मचारी र प्रहरी–प्रशासनले असहयोग गरिरहेको भन...

बुद्धिकुमारलाई प्रमुख सचेतक र उत्तमलाई नियमावली मस्यौदा समिति सदस्यमा मनोनित

विराटनगर । सोलुखुम्बुबाट निर्वाचित प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेतलाई नयाँ जिम्मेवारी दिइएको छ । सोलुखुम्बु क्षेत्र १ ‘क’ बाट निर्वाचित सांसद बस्नेतलाई प्रदेशसभा नियमावली मस्यौदा समिति सदस्यमा मनोनित गरिएको छ भने ‘ख’ बाट निर्वाचित सांसद राजभण्डारीलाई नेकपा एमाले प्रदेश १ को प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनित गरिएको हो । सांसद राजभण्डारी प्रदेश सरक...

प्रदेश १ मा दुई समिति गठन

विराटनगर । आज प्रदेश नं १ को प्रदेशसभा बैठकले सभामुखको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । प्रदेशसभा बैठकको कार्यसूची, प्राथमिकता, समय निर्धारणलगायतका विषय तय गर्न र आवश्यक भए सभामुखलाई अन्य विषयमा परामर्शसमेत दिन सभामुख प्रदीपकुमार भण्डारीको अध्यक्षतामा कार्यव्यवस्था समिति गठन गरिएको हो । उपसभामुख र प्रदेशको कानून हेर्ने मन्त्री यस समितिमा पद...

प्रदेश १ को बैठकमा कार्यव्यवस्था परामर्श समिति ११ सदस्यीय प्रस्ताव

विराटनगर । पाँचौं पटक सोमबार (आज) दिउँसो १ बजे बसेको प्रदेश नम्बर १ को प्रदेश संसद बैठकमा दुईवटा महत्वपूर्ण समिति निर्माणसम्बन्धी प्रस्ताव गरिएको छ । प्रदेश व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलको आइतबार बसेको बैठकले ११ सदस्यीय कार्यव्यवस्था समिति बनाउने निर्णय गरेको छ । समिति बनेको प्रस्तावलाई सोमबारको संसद बैठकमा पेश गरिएको थियो । बैठकले समिति बनाइएको घोषणा गरेपछि १ नम्बर प्रदेशको संसदको ...