२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

राष्ट्रपतिले प्रमाणीकरण गरे टीआरसी विधेयक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ९टीआरसी० विधेयक प्रमाणित गरेका छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । यससँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।