अब नेपाल भारत सीमाको सुरक्षा नेपाली सेनाले गर्ने

काठमाडौं । नेपाली सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालय नामको नयाँ इकाई खडा गर्न लागेको खबर पनि कान्तिपुरमा छापिएको छ । छिमेकी मुलुकबाट राष्ट्रको सीमा मिचिँदै जाने, सीमाका पिलरहरू हराउने र संरक्षण नहुने तथा समग्र सीमा सुरक्षामा कमजोरी देखिन थालेपछि सेनाले विशेष ध्यान दिन लागेको समाचारमा उल्लेख छ । कान्तिपुर लेख्छ– सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मा दिँदै आएकोमा रक्षा मन्त्...

माधव नेपालले भने, ‘अबको बाटो बेरोजगारी अन्त्य’

भक्तपुर । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अबको एकमात्र बाटो बेरोजगारी अन्त्य भएको बताएका छन् । भक्तपुरको सरस्वती खेलमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले बेरोजगारी अन्त्यका लागि आर्थिक विकासमा प्राथमिकता दिनुपर्ने बताएका हुन् । ‘अब सिंगो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘नेपालले...

१५ दिने ‘सोलुखुम्बु ट्रेल रेस’ को उपाधी दावा र ल्हमूलाई

सोलुखुम्बु । जिल्लाको पर्यटन प्रबद्र्धनका लागि पर्यटन बर्ष सन् २०२० लाई समेत लक्षित गरी भएको ‘सोलुखुम्बुु ट्रेल रेस’ को पुरुषतर्फको उपाधी नेपाली धावक दावा शेर्पाले निर्धा्रित दूरी २९ घण्टा ३३ मिनेटमा पूरा गर्दै जित्नुभएको छ । ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने तल्लो क्षेत्र धापबाट सुरु भएको रेस आधार शिविर पुगेर पुनःतल्लो क्षेत्रको फाप्लुमा बिहीबार समापन गरिएको हो । रेसमा निर्धा्रित दुरी ...

मुख्यमन्त्री पोखरेलको चिन्ता ‘बुटवल-भैरहवा क्षेत्रमा आर्थिक अपराध बढ्यो’

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवल भैरहवा क्षेत्रमा आर्थिक अपराध बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । रुपन्देही व्यापार संघको १८ औं साधारणसभा तथा १० औं अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आर्थिक अपराधको जग भनेकै कर नतिरेको आय भएको प्रष्ट पारे । ‘बैकिङ कारोबारमा जाँदैनन्, मिटर ब्याजमा जान्छन् । मिटर ब्याज अपराधको कारण बन्छ’ उनले भने, ‘शुरुमा लाभ हुन्छ, पछि ट्रयापमा...

यो वर्षदेखि एभरेस्ट ट्रेल रेस सोलुखुम्बुको पत्तालेबाट !

सोलुखुम्बु । संसारकै उत्कृष्ट १० साहसिक ट्रेल रेसमध्ये एभरेस्ट ट्रेल रेसको नवौं संस्करण सोमबार सोलु दूधकुण्ड नगरपालिका ८ पत्तालेबाट सुरु भएको छ । सन् २०११ देखि दोलखाको जिरीबाट सुरु भएको रेस यो वर्षदेखि सोलुखुम्बुको पत्तालेबाट शुरु गरिएको हो । नेपालका तीनसहित १३ राष्ट्रका ४३ धावक ट्रेल रेसमा सहभागी छन् । रेसमा नेपालका सुमन कुलुङ, पासाङ शेर्पा र कृष्णकुमारी भुजेल सहभागी छन् । स्पेन, अर्जेन्टिना...

सोलुखुम्बुमा लेक लागेर फ्रान्सेली नागरिकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बु भ्रमणमा आएका एक फ्रान्सेली पर्यटकको लेक लागेर मृत्यु भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ स्थित चो यु भ्युू लजमा बास बसेका फ्रान्सेली नागरिक म्यारोन गेटानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरीयाले बताउनु भयो । उनको शव हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।...