चार लाखभन्दा बढी घरधनीसँग अनुदान सम्झौता

काठमाडौँ, १९ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार लाख ११ हजार २०१ घरधनीसँग भूकम्पपछिको पुनःनिर्माणका लागि पहिलो किस्ताको अनुदान दिने सम्झौता सम्पन्न गरेको छ । गोरखामा ४९ हजार ७५८, सिन्धुपाल्चोकमा ६६ हजार, दोलखामा ४२ हजार ६३८, रामेछापमा ४० हजार ७७८, धादिङमा ५१ हजार ९००, काभ्रेपलाञ्चोकमा ५० हजार १७५, नुवाकोटमा ५१ हजार २०४, ओखलढुङ्गामा १७ हजार ९१५, सिन्धुलीमा २० हजार २८५, रसुवामा आठ हजार ...

एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु

इनरुवा, १९ भदौैं । सुनसरीको सिमरियामा शनिबार राति एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु भएको छ । इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ आउँदै गरेको को१त १८९ नंको ट्याक्टर र सिरहाको गोलबजारबाट विराटनगरतर्फ जाँदै गरेको स१च ८९४ नंको एम्बुलेन्स एकआपसमा जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एम्बुलेन्स चालक सिरहा गोलबजार–१ निवासी २७ वर्षीय आनन्द श्रेष्ठ र बिरामी स...

खोलाले बगाएर एक दम्पतीको मृत्यु

वीरगन्ज, १९ भदौ । बारा जिल्लाका रहेको धन्सार खोलाले बगाएर शनिबार राति एक दम्पतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । खोलाको बाढीले बगाएर ल्याएको दाउरा टिप्न धन्सार खोलामा गएका बेला खोलाले बगाउँदा निजगढ नगरपालिका–१ भरतसिगोलका ७१ वर्षीय सोमना कुँवर र उनका ६५ वर्षीया श्रीमती रोमती कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक अर्जुन देवकोटाले बताउनुभयो । मृत दम्पतीको शव घरबाट करिब ६ किलोमिटर...

संविधान कार्यान्वयन पहिलो प्राथमिकता–मन्त्री बुढाथोकी

सुरुङ्गा(झापा), १८ भदौ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । संविधान कार्यान्वयन भएपछि मात्रै देशले फड्को मार्ने भएकाले सरकारले जतिसक्दो चाँडो संविधान कार्यान्वयन गराउन प्रयत्न गर्छ मन्त्री बुढाथोकीले भन्नुभयो । संविधान कार्...

आज तीजको दर

काठमाडौँ, १८ भदौ । नेपाली नारीले भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज दर खाँदैछन् । तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन दश पटक खाने चलन छ । द्वितीयाका दिन राति १२ पछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामच...

महाकालीमा पुल निर्माणको बोलपत्र पाँच महिनाभित्रै

भीमदत्तनगर, १८ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी पाँच महिनाभित्रै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण थालिने हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले निर्माण हुने पुलको विस्तृत परियोजना प्रतिवेदन नेपालका तर्फबाट तयार भई भारतीय सरकारलाई बुझाउने लगायतका प्रक्रिया जारी रहेको बताउनुभयो । “प...